पोखरामा सूर्य तारा/नेकोस खेलकुद महोत्सवको तयारी सुरु

पोखरा स्पोर्टस । पोखरा लेखनाथमा अवस्थित सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ (नेकोस)गण्डकी प्रदेशको संयूक्त आयोजनामा सञ्चालन हुने सूर्य तारा/नेकोस खेलकुद महोत्सवको तयारी सुरु भएको छ ।

नेकोस गण्डकीले बिहबार पोखरामा एक पत्रकार सम्मेलन गरी खेलकुद महोत्सवको तयारी सुरु भएको जनाएको हो । महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता, कास्की जिल्लास्तरीय नृत्य प्रतियोगिता, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेशस्तरीय महिला/पुरुष तेक्वान्दो प्रतियोगिता, खुल्ला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघ संस्थास्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको नेकोसका केन्द्रिय सचिब विष्णु पुनले जानकारी दिएका छन् ।

ति कार्यक्रम मध्ये एथलेटिक्स प्रतियोगिता फागुन १९ गते र नृत्य प्रतियोगिता फागुन २६ गते हुनेछ भने फुटबलसहित अन्य गतिविधिहरु चैत ३ गतेबाट सुरु हुनेछन् । एथलेटिक्सतर्फ कास्की जिल्लास्तरीय विद्यालयस्तरीय, खुल्ला दौड तथा ४५ वर्ष माथीको मास्टर्सतर्फको दौड हुने आयोजकले जनाएको छ । फुटबलको फाइनल खेल चैत ११ गते हुनेछ ।

खेलकुद महोत्सवमा आकर्षक नगद पुरस्कार राशीसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता अन्तर्गत फुटबलको उपाधि बिजेता टिमले नगद रु ३ लाख ३ हजार उपविजेताले १ लाख ७७ हजार ७७७ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपर र अनुशासित टिमले जनही नगद ७ हजार ७ सय ७७ प्राप्त गर्नेछन् ।

भण्डारढिकस्थित आदर्श खेल मैदानमा सञ्चालन हुने प्रतियोगितालाई कर्माचार्य बेक्स एण्ड फुडले मुख्य प्रायोजन गर्ने भएको छ भने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिका सहयोगी एवं प्रवर्द्धकको भूमिकामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close