शिबरात्रीको छेको पारेर पोखरामा खुल्ला बास्केटबल प्रतियोगिता हुँदै

पोखरा स्पोर्टस । पुन युनाइटेड क्लब नदीपुरले शिवरात्रीको छेको पारेर यही फागुन अन्तिम साता पोखरामा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता पुन समाज रामघाटको बास्केटबल कोर्टमा हुने भएको हो । प्रतियोगितामा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल गरी तीन छुट्टा–छुट्टै इभेन्ट तय गरिएको छ ।

पुरुषतर्फ बास्केटबल प्रतियोगिताको विजेताले नगद रु १ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै महिलातर्फ थ्री बाई थ्री को विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भेट्रानतर्फको विजेताले ३५ हजार तथा उपविजेताले १७ हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए ।

प्रतियोगिताा आगामी फागुन २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको र २१ गते सॅाझ सम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close