
पोखरा स्पोर्टस । प्रथम मदन भण्डारी कप राष्ट्रिय हक्कीमा सहभागिता जनाउन गण्डकीको महिला टोली शनिबार धनुषा प्रस्थान गरेको छ ।
यहि फागुन १४ देखि १९ गते सम्म धनुषको जनकपुरस्थित किशेस्वरनाथ माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन गण्डकीको १५ खेलाडी १ व्यवस्थापक र एक प्रशिक्षक गरी १७ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

सोनु बरालको कप्तानीमा धनुषा हिंडेको टोलीमा अनुस्का थापा, इश्मिका क्षेत्री, खुसी मगर गरिमा आले, प्रनिशा गुरुङ, रइशा खातुन, गिता पुन मगर, शिवानी बोहरा, मेलिना थकाली, शमिक्षा क्षेत्री, प्रशन्ना विक, शुस्मा घर्ती, रोजिना राना मगर, बिमु नेपाली र प्रशन्ना मगर रहेका छन् ।
त्यसै गरी टिमको ब्यवस्थापकमा अशिम मगर र टिम प्रशिक्षकमा हित गुरुङ रहेका छन् ।
यसै बीच धनुषा प्रस्थान गर्न लागेको महिला टोलीलाई उमेन्स क्लब अफ पोखराले खेल जर्शी उपलव्ध गराएको छ । क्लबकी अध्यक्ष सारीका गुरुङका अनुसार महिला खेलाडीहरुलाई जितको शुभकामना सहित खेल जर्शी उपलब्ध गराएको बताइन् । उनले भनिन्–“महिला खेलाडीहरुको हौसलाका लागि हामीले सानो सहयोग गरेका हौं । यो सहयोगले पक्कै पनि आगामी दिनमा महिला खेलाडीहरुको लागि केही गर्नुपर्छ भन्ने सबैमा सहकार्यको भावना समेत उजागर होस भन्ने अपेक्षा समेत गरेका छौं ।
मदन भण्डारी कप महिला राष्ट्रिय भलिबलमा गण्डकी समुह बि मा परेको छ । समुहम बि मा गण्डकीसहित बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश रहेका छन् । त्यस्तै समुह ए मा कोशी र मधेश प्रदेश, नेपाल आर्मी क्लब र आयोजकको एक टोली रहेको छ । गण्डकीले आफ्नो पहिलो खेल फागुन १५ गते सुदुर पश्चिम संग खेल्नेछ ।
