गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : उशुमा बाग्लुङको बर्चश्व

पोखरा स्पोर्टस । नवलपुरमा जारी १४ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा उशुतर्फ बाग्लुङले बर्चश्व बनाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उशुतर्फ सम्पन्न प्रतियोगितामा बाग्लुङले कुल ७ स्वर्ण १ रजत र १ काश्य पदकका साथ बर्चश्व कायम गरेको हो ।

सम्पन्न उशु छानछुवान पुरुषतर्फ बाग्लुङका शौरभ किसान प्रथम, म्याग्दीका म्याग्दीका समिप किसान दोश्रो र तनहुँका युज्ञान कुंवर तेश्रो भए भने महिलातर्फ बाग्लुङका ममता थापा पहिलो हुँदा कास्का रोमिना थापा क्षेत्री दोश्रो र कास्कीका रिया सिलवाल तेश्रो हुन सफल भए ।

थाइचिवान पुरुषतर्फ म्याग्दीका सज्जन विक पहिलो, बाग्लुङका एण्डिय तिवारी दोश्रो, तनहुँका आयुष विक तेश्रो भए । महिलातर्फ बाग्लुङका दिपशिखा किसान पहिलो, म्याग्दीकी मेनुका किसान दोश्रो र तनहुँकी समृद्धि क्षेत्री तेश्रो बनिन् ।

यता नानछुवानतर्फ बाग्लुङका लेनिन राना मगर पहिलो, कास्कीका रमन थापा क्षेत्री दोश्रो र म्याग्दीका कृष किसान तेश्रो भए भने म्याग्दीकी प्रमिशा बाँनिया, तनहुँकी शिखा गुरुङ र कास्कीकी अनुषा श्रेष्ठ क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

उशु सान्सो ४२ केजी तौल पुरुषतर्फ कास्कीका संयोजन रोका, तनहुँका लेख बहादुर नेपाली र म्याग्दीका दिप थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् भने महिलातर्फ कास्कीकी समिना सुनार, म्याग्दीकी राधिका किसान र बाग्लुङकी आइसा खत्री क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

४५ केजी तौल पुरुषतर्फ म्याग्दीका विशाल बरुवाल, कास्कीका अंकित थापा मगर र अनिल कुमार शाह क्रमश पहिलो, दोश्रो र तेश्रो भए छन् भने महिलातर्फ बाग्लुङकी विपना थापा, कास्कीकी एन्जल गुरुङ र म्याग्दीकी रोमी खत्री क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

४८ केजी तौल पुरुषतर्फ बाग्लुङका प्रवेश खड्का, म्यागद्यीका जगत पाइजा र कास्कीका निश्चल रोका क्रमश पहिलो, दोश्रो र तेश्रो हुँदा महिलातर्फ बाग्लुङकी झरना थापा, म्याग्दीकी सञ्जिता परियार र कास्कीकी दिया राई क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close