
पोखरा स्पोर्टस । नवलपुरमा सुरु भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पहिलो दिन एथलेटिक्सतर्फ तनहुँले दबदवा कायम गरेको छ ।
नवलपुरको कावासोतीमा सुरु भएको प्रतियोगिता अन्तर्गत छात्र/छात्रातर्फ ४ स्वर्ण, ४ रजत र १ काश्य पदक जित्न सफल भएको हो । तनहुँले पहिलो पटक प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा दबदवा कायम गर्न १०० मिटर दौड छात्र/छात्रातर्फ स्वर्ण र रजतमा कव्जा जमाएको छ ।
१०० मिटर छात्रतर्फ भिम बहादुर थापाले ११.२२ सेकेण्डमा पुरा गर्दा निशा घर्तीले १३.८५ सेकेण्डमा दुरी पारगर्दै स्वर्ण पदक हात पारे । त्यस्तै गरी सन्दिप भण्डारीले ११.२५ सेकेण्डमा दुरी पार गर्दा सफलता गौलीले १४.३१ सेकेण्डमा दुरी पार गर्दै रजत पदक हात पारे ।
यस्तै ४०० मिटर दौड छात्रतर्फ नवलपुरका प्रकाश महत पहिलो, राजिव थापा कास्की दोश्रो र कास्कीकै सििन्दप कुंवर तेश्रो भए । छात्रातर्फ सोही इभेन्टमा म्याग्दीकी सनिता सुनार पहिलो, कास्कीकी अनुस्का अधिकारी दोश्रो र कास्कीकै सविना खातुन मियाँ तेश्रो भइन् ।
८०० मिटर दौड छात्रतर्फ बागलुङका बादल कार्की पहिलो, पर्वतका आनन्द थापा दोश्रो र कास्कीका नारायण रानाभाट तेश्रो भए । त्यस्तै छात्रातर्फ म्याग्दीकी कन्चन भण्डारी पहिलो, तनहुँकी संगिता राानभाट दोश्रो र कास्कीकी कबिता मगर तेश्रो हुन सफल भइन् ।
१५०० मिटर दौड छात्रतर्फ बागलुङका बादल कार्की पहिलो, कास्कीका तेन्जन रोक्का मगर दोश्रो र पर्वतका सदिप नेपाली तेश्रो भए भने छात्रातर्फ तनहँुकी नम्रता गुरुङ पहिलो, बाग्लुङकी शर्मिला विक दोश्रो र म्याग्दीकी कन्चन भण्डारी तेश्रो भइन् ।
शुक्रबार पहिलो दिन सम्पन्न हाइजम्प छात्रतर्फ गणेश विक पहिलो, नवलपुरका बिवेक महतो दोश्रो र कास्कीका लव पोख्रेल तेश्रो भए । त्यसै गरी छात्रातर्फ कास्कीकी रविना खातुन मियाँ पहिलो, लमजुङकी सिमा श्रेष्ठ दोश्रो र म्याग्दीकी लिला आचार्य तेश्रो भइन् ।
त्यस्तै सटपुट छात्रतर्फ रोशन विक पहिलो, म्याग्दीका युकेन तामाङ दोश्रो र नवलपुरका कृष्ण गुरौ तेश्रो भए भने छात्रातर्फ म्याग्दीकी मुना गर्वुजा पहिलो, तनहुँकी परिमाया आले दोश्रो र पर्वतकी सम्झना श्रेष्ठ तेश्रो भइन् ।
लङजम्प छात्रतर्फ विवश थापा पहिलो, लमजुङका आशिष नेपाली दोश्रो र गोरखाका रोहित रमतेल तेश्रो भएका छन भने छात्रातर्फ गोरखाकी सन्जिता तामाङ पहिलो, नवलपुरकी भगवती रामजाली दोश्रो र तनहुँकी निशा घर्ती तेश्रो भइन् ।
यस अघि उक्त प्रतियोगिताको उद्घाटन एक समारोहका बीच गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं प्रदेश खेलकुद परिषदकी अध्यक्ष शुसिला सिम्खडाले गरेकी थिइन् । उद्घाटन कार्यक्रम प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा भएको थियो ।
