
पोखरा स्पोर्टस । नवलपुरमा शुक्रबारबाट सुरु भएको १४ औं सस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र/छात्रा भलिबलतर्फ अन्तिम चारको टुङ्गो लागेको छ ।
प्रतियोगिता अन्तर्गत देबचुली नगरपालिकामा सञ्चालन भएको छात्र/छात्रा भलिबलमा पहिलो दिन अन्तिम चारमा भिड्ने टिमको टुङ्गो लागेको गण्डकी प्रदेश भलिबल संघका सदस्य पूर्ण बहादुर गुरुङ ‘जापान’ले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
छात्र भलिबल तर्फ नवलपुर र कास्की, स्याङजा र तनहुँ सेमीफाइनलमा स्थान पक्का गर्दा छात्रातर्फ कास्की र स्याङजा तथा नवलपुर र म्याग्दीले अन्तिम चारमा पुगेका हुन् ।
शुक्रबार नै सम्पन्न क्वाटरफाइनल छात्रतर्फ कास्कीले बागलुङलाई २५–२३, २५–२२ ले पराजित गर्दा स्याङजाले म्याग्दीलाई २५–१४, २५–१५ ले, नवलपुरले मुस्ताङलाई २५–११, २५–१६ र तनहुँले पर्वतलाई २५–१९, १५–२५ र २५–२३ ले पराजित गरेका थिए ।
यता छात्रातर्फ कास्कीले बागलुङलाई २५–२२, २५–२३ ले, स्याङजाले तनहुँलाई २५–१९, २५–१४ ले, नवलपुरले गोरखालाई २५–१३, २५–१० ले र म्याग्दीले लम्जुङलाई २५–१३, २५–१५ ले क्वार्टरफाइनलमा पराजित गरेका थिए ।
