
पोखरा स्पोर्टस । तेश्रो संस्करणको पोखरा महानगरस्तरीय स्क्वास प्रतियोगिता यहि फागुन १८ र १९ गते आयोजना हुने भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास र्याकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा महानगरस्तरीय तेश्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत ५० वर्ष माथी भेट्रान्स, खुल्ला र महिला गरी तिन विधामा प्रतियोगिता हुने प्रतियोगिता सचिब शिव अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही नगद रु १२ हजार, १० हजार र ८ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने भेट्रान ५० वर्ष माथी प्रथम, द्वितीय र तृतीय हुनेले जनही नगद रु १०, ८ र ५ हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक जिबन श्रेष्ठले बताए ।
प्रतियोगिता अन्तर्गत पहिलो पटक जोडिएको महिलातर्फका बिजेता क्रमश प्रथम, द्वितीय र तृतीय हुनेले जनही नगद रु ५ हजार, ३ हजार र २ हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
रंगशालास्थित स्क्वास र्याकेट हलमा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताका तिन इभेन्टमा ५० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
