सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई

पोखरा स्पोर्टस । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् ।

सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते प्रदान गरिने भएको सहारा क्लवले जनाएको हो ।

उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन गरेको हो । क्लवका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले परियारलाई यस बर्षको लागि उत्कृष्ट खेल पत्रकारको रुपमा सिफारिस गरेको थियो ।

पोखरा ३२ घर भएका परियार विगत २०६४ साल देखि पत्रकारिता गर्दै आएका छन् । उनले जनदिशा दैनिक, गोर्खापत्र राष्ट्रिय दैनिक, गण्डकी खबर (सम्पादक), समाधान दैनिक, अन्नपूर्ण पोष्ट दैनिक हुदै हाल कान्तिपुर दैनिकमा आबद्ध छन् ।

पत्रकार परियार मिना सृजनशिल पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भएका छन । खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्‍ याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ ।

उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close