अन्तरबिद्यालय वडा अध्यक्षकप : शनिबार सेमिफाइनलका खेलहरु हुने

पोखरा स्पोर्टस । ड्याम साइड क्लबको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शनिबार) देखि सेमिफाइनलका खेलहरु हुने भएका छन् । शुक्रबार पोखरा ड्याम साइडस्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शनिबार सेमिफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको हो ।

शनिबार फिस्टेल एकेडेमी बिरुद्ध शान्ति निकुञ्ज स्कुल बिच पहिलो खेल हुने भएको छ भने अर्को खेलमा गत बर्षको विजेता छोरेपाटन मावि र बालोदय बोर्डिङ स्कुल बिच खेल हुने भएको क्लवका पूर्वअध्यक्ष पदम ढकालले बताए । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा शान्ति निकुन्जले ढुंगे साँघु स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको हो । शान्ति निकुन्जको जितमा सोहन गुरुङले एक गोलको योगदान दिए । खेलमा शान्ति निकुन्जका आसिक गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

अर्को खेलमा फिष्टेल एकेडेमीले सहज जित दर्ता गरेको छ । शिशु कल्याण स्कुल प्रतियोगितामा सहभागि नभए पछि फिष्टेलले जित हात पारेको हो । अर्को खेलमा छोरेपाटन माविले पार्दी माविलाई ३–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइलमा यात्रा पक्का गरेको हो । छोरेपाटनका भिम बहादुर जर्गाले २, म्यान अफ दी म्याच घोषित दुर्गा बहादुर दर्जीले १ गोल गरे ।

शुक्रबारको अन्तिम खेलमा बालोदयले एल.पी.देवकोटालाई १–० को गोल अन्तरले पराजित गरेको हो । बालोदयको जितमा अंशुमान बस्नेतले एक गोल गरे । खेलमा उनी म्यान अफ दी म्याच घोषित भए । यसैबिच, यही फागुन ६ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा उक्त प्रतियोगिता भएको हो ।

प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको महासचिव राकेश श्रेष्ठले बताए । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको क्लबका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close