सहाराले दिने भयो रंगशालालाई ४ लाख सहयोग

पोखरा, सहारा क्लब पोखराले १८ औं सस्करणको आहा ! रारा ! गोल्ड कप फुटबल प्रतियोगिता नव निर्मित स्टेडियममा गरे वापत कास्की जिल्ला खेलकुद विकास समितीलाई ४ लाख नगद सहयोग दिने भएको छ ।

यहि फागुन २२ गते देखि चैत १ गते सम्म सञ्चालन हुने आहा ! रारा ! फुटबल प्रतियोगिता सञ्चालन वापत सहाराले उक्त सहयोग रकम उपलव्ध गराउने भएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ उक्त रकम रंगशालामा शुरक्षार्थ खटिएका र सरसफाइका कर्मचारीहरुलाई तलव वापत खर्च गरिने बताए । उनले भने–“यो सहाराको सहयोग मात्रै हो, रंगशालाको निर्माणको काम पुरा नसकी भाडा लगाउने कुरै आउँदैन” उनले थपे–“सहाराले गरेको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु ।”

पोखरा रंगशालामा ठूला निर्माणका काम संगै शुरक्षा जोखिम बढेपछि शुरक्षालाई चुस्त बनाइएको छ भने सिसि क्यामेरा जडान समेत गरि रंगशालालाई पुरै निगरानी बढाइएको छ ।

हाल रंगशालाको शुरक्षाका लागि ४ जना शुरक्षाकर्मी र केही सरसफाई गर्ने सहयोगीहरु कार्यरत रहेका छन ।
तस्बिरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close