
पोखरा स्पोर्टस । पोखरामा मंगलबारबाट ‘दोश्रो मञ्जु बहादुर बस्नेत स्मृति मावीस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता’ सुरु भएको छ । स्वर्गिय मञ्जुका छोरा नेपाली राष्ट्रिय ह्याण्डबल टिमका कप्तान विशाल बस्नेत र उनको परिवारको संयोजनमा उक्त प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितातर्फ छात्रतर्फ ८ र छात्रातर्फ २ खेल गरी कुल १० खेल सम्पन्न भएका छन् । आज सम्पन्न उद्घाटन खेलमा छात्रतर्फ गुरुकुल ए ले गोगन माबीलाई ९–७ गोलले पराजित गरेको छ ।
छात्रतर्फ अन्य खेलमा गुरुकुल बि, पोखरा लनर्स एकेडेमी, प्रतिभा मावि, पोखरा एकेडेमी, न्यू ग्यालेक्सीले पहिलो चरणका खेलहरु जितेका छन् ।
त्यस्तै छात्रातर्फ पोखरा एकेडेमीले प्रतिभालाई ४–१ ले न्यू ग्यालेक्सीले पोखरा आदर्शलाई ६–२ ले पराजित गरेको प्रतियोगिता प्राविधिक संयोजक सुवास गुरुङले जानकारी दिए ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रममा स्वर्गिय बस्नेतकी धर्मपत्नी शान्ता बस्नेत, गण्डकी प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कास्की ह्याण्डबलका अध्यक्ष चित्र थापा लगायतले स्वर्गिय बस्नेतको तस्बिरमा माल्यापर्ण गरेका थिए ।
प्रतियोगितामा छात्रतर्फको बिजेताले १२ हजार उपविजेता हुने टिमले ८ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी छात्रातर्फको विजेता टिमलाई ८ हजार र उपविजेता टिमलाई नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रदान गरिने बस्नेतले जानकारी दिए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्रा खेलाडी, किपर र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ ।
