सक्षम र आरभको जोडी सेमिफाइनलमा

पोखरा स्पोर्टस । नेपालका सक्षमविक्रम शाह र नेपाली मूलका अमेरिकी आरभसम्राट हाडाको जोडी जे ६० काठमाडौं जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले थाइल्यान्डका पेन चारुसोर्न र हङकङका सिन हाङ तामको जोडीलार्य २–६, ६–१ र १०–७ को सेटमा पराजित गरेका हुन् । सोही स्पर्धामा चीनका जियनफेङ र जुन जि हे तथा भारतका भ्रज गोहिल र समर्थ सहिताको जोडी सेमिफाइनलमा पुगे ।

गल्र्स डबल्समा हङकङकी नाआमी र जापानका कोकामी साइतो, ताइपेईंका तोइमोना अकुयाना र यु चिङ, मंगोलियाकी मार्ता चोग्सोम्जाभ र दक्षिण कोरियाकी सुहा लि तथा चीनकी ये झिन ताङ र ताइपेईंकी चिङ वाङ सेमिफाइनलमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close