सहारा क्लबले भन्यो–“सबैलाई धन्यबाद छ”

पोखरा स्पोर्टस । सहारा क्लब पोखराले एक प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई धन्यबाद एवं आभार व्यक्त गरेको छ ।

क्लबद्वारा सञ्चालित २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप भब्यरुपमा सम्पन्न भए संगै क्बले सबैलाई धन्यबाद ब्यक्त गरेको हो ।

क्लबका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा यहि माघ ९ देखि २० गते सम्म सञ्चालन भएको आहा रारा पोखरा गोल्डकप सम्पन्न गर्न सहयोग गर्ने मुख्य प्रायोजक संस्था लगायत सरकारका निकायहरु, स्वयंसेबक, विदेशस्थित क्लबका भातृ संस्थाहरु, विभिन्न पुरस्कारका लागि सहयोग गर्ने प्रायोजक एवं सह प्रायोजक सबैलाई क्लबले धन्यबाद दिएको छ ।

यसै बीच क्लबले माघ २० गते सम्पन्न फाइनलखेलमा करिव ५ हजार दर्शकले प्रत्यक्ष रुपमा टिकट काटेर प्रतियोगिता अबलोकन गरेको जनाउँदै  फाइनल खेलका दिन करिव १३ लाख १३ हजार ८ सय रुपैयाँ बराबरको टिकटबाट आम्दनी भएको जनाएको छ ।

२३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि नेपाल आर्मीको त्रिभुबन क्लबले जितेको थियो । आर्मीले पहिलो पटक पोखरामा उपाधि जित्दा थ्रीस्टार क्लबलाई ३–० ले हराएको थियो ।

सहारा क्लबले पोखरा १७ स्थित आफ्नो एकेडेमी सञ्चललार्थ हरेक वर्ष आहा रारा पोखरा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । एकेडेमीमा हाल १४ जना विपन्न बालकहरु आश्रित छन् । एकेडेमीले उनीहरुलाई शिक्षा संगै फुटबल प्रशिक्षण दिंदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close