१३औं पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी सुरु, प्रिन्सले बाईक उपहार प्राप्त गर्ने

पोखरा स्पोर्टस । १३ औंं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किग ब्याडमिन्टन प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ ।

नेकपा एमालेको भातृ संस्था खेलकुद महासंघ नेपाल अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघले विगत बर्ष देखि निरन्तरता प्रदान गर्दै आइरहेको यस प्रतियोगितामा १२ विधामा प्रतिस्पर्धा गराईने संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको छ ।

राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहालले मोटरसाईकल उपहार प्राप्त गर्ने भएका छन् ।

दाहालले नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले काठमाण्डौमा आयोजना गर्ने १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान दाहाललाई उक्त उपहार प्रदान गर्न लागिएको हो ।

राष्ट्रिय ब्याडमिन्टन संघले प्रतियोगिताको सुरुवात गर्दा पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किग ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीहरुलाई मोटरसाईकल प्रदान गर्ने घोषणा बमोजिम यसपटक यो उपहार प्रिन्सलाई प्रदान गर्न लागिएको हो ।

बिश्व ब्याडमिन्टन जुनियरमा शिर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शिर्ष १ मा रहेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र विराटनगरमा भएको १२ औं संस्करणमा विजय हात पार्न सफल भएका छन् ।

यस अघि यो उपहार महिला तर्फ सरादेवी तामाङ्ग र पुरुषतर्फ रत्नजित तामाङ्ग (दीदी भाई)ले जितेका थिए ।

सहआयोजक महांकाल ब्याडमिन्टन क्लब, चन्द्रागिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथीको स्पर्धाका साथ यस पटकको प्रतियोगितामा यु–१३ को ब्वाइज/गर्ल्स एकलको थप विधा समावेश गरिएको छ ।

ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार रासी ७ लाख २३ हजार रहेको छ । शिर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् । दुई समूहका शिर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । बिजयी खेलाडीले नगद ५० हजार, उपबिजयीले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

प्रतियोगितामा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शिर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close