पोखरा रंगशालामा सञ्चालनमा आउँदै जिम एण्ड फिटनेश सेन्टर

पोखरा स्पोर्टस । लामो समयको पर्खाइ पछि पोखरा रंगशालामा जिम एण्ड फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ ।

उक्त फिटनेश सेन्टर पोखरेली यूवा नुना गुरुङसहित चार जनाले सञ्चालनमा ल्याउन लागेको हुन् । उनीहरु सबै बुल्सम्यान क्लब संग आवद्ध छन् । करिव २० वर्ष देखि वोडी बिल्डिङ खेलको अनुभव बोकेका गुरुङ सहित सोन प्रसाद गुरुङ, विमल खाँड र ल्याक्स गुरुङको टिमले २ करोडको लागतमा आधुनिक खेल सामाग्रीसहित पोखरा रंगशालामा उक्त जिम एण्ड फिटनेश सेन्टर सञ्चालनमा ल्याएको हो ।

पोखरा रंगशालामा सञ्चालन हुने उक्त फिटनेश सेन्टरले खेलकुद विकासमा समेत अहम भूमिका खेल्ने गुरुङले विश्वास व्यक्त गरेका छन् । उनले भने–“हामीले पहिलो पटक पोखरा रंगशालामा आधुनिक सामाग्रीहरु सहितको फिटनेश सेन्टरमा सञ्चालनमा ल्याउँदै छौं । यि सामाग्रीहरु सहितको सेन्टर पोखरामा दोश्रो हो ।”

सबै खेलकुदका लागि ‘मदर्स अफ स्पोर्टस’ मानिने जिम एण्ड फिटनेश पावर ट्रेनिङ र वेट ट्रेनिङका लागि अति नै आवश्य रहेको गुरुङले बताए । फिटनेश सेन्टरले खेलाडीहरुको खेल क्षमतामा समेत प्रभावकारी बनाउन सहयोगी हुने गुुरुङले बताउँदै भने–“पोखरा रंगशालामा विहानै प्रशिक्षणका लागि आउने हुन् वा अन्य समयमा उनीहरुको लागि फिटनेश सेन्टरले सेवा दिनेछ ।”

एक जना खेलाडीलाई डाइट संगै दैनिक एक घन्टा फिटनेश सेन्टर आवश्यक हुने अध्यक्ष गुरुङले बताउँदै सेन्टरमा आउने सबैलाई सदस्यता समेत वितरण गरिने जानकारी दिए । “हामीले सिफारिसको आधारमा गरिव र दुःख पाएका खेलाडीहरुलाई निशुल्क सेवा दिने तयारी र मेम्वर लिनेहरुलाई छुट दिने व्यवस्था गर्ने गरी योजना बनाउँदै छौं”–उनले भने ।

पोखरा रंगशालामा सञ्चालनमा आउन लागेको जिम सेन्टर विहानै पाँच बजे सुरु हुने जानकारी दिंदै अध्यक्ष गुरुङले दैनिक ५ सय जनालाई सेवा दिन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close