खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पराजुली र जिसी पुरस्कृत

पोखरा स्पोर्टस । कास्कीका दुई जना खेल पत्रकार रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आज (बुधबार) काठमाण्डौंमा आयोजित एक कायक्रमका बिच गण्डकी प्रदेशबाट पराजुली र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै जिसीलाई जनही २५ -२५ हजारका साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरिएको हो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृतहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मन्त्रालयले हरेक बर्ष यसरी प्रदेश र राष्ट्रियस्तरका पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको छ । मन्त्रालयले उक्त पुरस्कारको लागि केही समय अघि सार्वजनिक आव्हान समेत् गरेको थियो ।

पुरस्कृत पराजुली नयाँ पत्रिकामा आबद्ध छन् भने जिसी नेपाल प्रेस डटकममा आबद्ध छन् । दुबै जना नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close