ट्रायथलन निर्णायक बज्राचार्यलाई लेभल–२ लाईसेन्स

पोखरा स्पोर्टस । बिश्व ट्रायथलन महासंघले नेपालका ट्रायथलन निर्णायक पुष्प रत्न बज्राचार्यलाई लेभल–२ लाईसेन्स प्रदान गरेको छ ।

बिश्व ट्रायथलन महासंघद्वारा मित्र राष्ट्र चीनको छेङ्गदु शहरमा १९ औ एशियाली खेलकुदका दौरान २०८० अशोज २४ देखि २६ गते लिइएको निर्णायक तालिममा उत्तीर्ण हुँदै उक्त लाईसेन्स प्राप्त गर्न सफल भएको बिश्व ट्रायथलन महासंघले जनाएको हो ।

ट्रायथलनमा लेभल २ कोर्ष गर्ने बज्राचार्य एक मात्र नेपाली निर्णायक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close