राखेप सहित चार खेलकुद संस्थाद्वारा राष्ट्रिय फुटबल टोलीलाई पोखरामा सम्मान, प्रशिक्षक अलमुताइरीलाई विशेष सम्मान! (फोटो फिचर)

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद सहित चार वटा खेलकुद निकायले पोखरामा वन्द प्रशिक्षणमा रहेको राष्ट्रिय फुटबल टोलीलाई स्वागत तथा सम्मान गरेका छन् ।

राखेप सहित प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद विकास समितिले संयूक्त रुपमा एक कार्यक्रम गरी राष्ट्रिय टोलीलाई सम्मान गरेका हुन । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्हा अलमुताइरीलाई नेपाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो । वन्द प्रशिक्षणमा रहेका २८ खेलाडी सहित टिमका म्यानेजर मधुसुदन उपाध्याय, प्रशिक्षक किरण श्रेष्ठ र अन्य अफिसियलहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा हालै प्रदेश खेलकुद परिषद गण्डकीको उपाध्यक्ष पदमा नियूक्त भएका धोज कुमार गुरुङलाई समेत सम्मान गरिएको छ ।

सम्मान कार्यक्रम पछि राष्ट्रिय टोलीलाई दिवा भोजको समेत आयोजना गरिएको थियो ।

विशेष सांस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरा रंगशालामो समग्र विकास भइ सक्दा पनि स्विमिङ पुल, शुटिङ रेन्ज र फल्ड् लाइट नहुँदा नुन नभएको तरकारी भएको जस्तो बताए । उनले वाँकी रहेका निर्माणका काम पुरा गर्न राखेप प्रतिवद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुदका नवनियुक्त उपाध्यक्ष धोज कुमार गुरुङले प्रदेश खेलकुद विकासका लागि सवै एक जुट हुनु पर्ने कुरा औल्याए । पोखरा रंगशाला निर्माण कम्पनीका म्यानेजर दिपक बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कोभिड १९ का कारण पोखरा रंगशालाको निर्माणको काममा ढिलाई भएको बताए ।

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले यस प्रकारका कार्यक्रमले खेलाडीलाई हौसला मिल्ने बताउँदै आगामी साफ च्याम्पियनसिपमा नेपालको पदर्शन उच्च रहने भन्दै शुभकामना व्यक्त गरे ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, लेखा प्रमुख डिवी नेपाली लगायतले आफ्ना धारणा राखेका थिए । राष्ट्रिय टोलीलाई सम्मान गर्ने कार्यक्रममा, खेलकुद्का कर्मचारीहरु, विभिन्न खेल संघका पदधिकारिहरु, हक्की खेलाडी लगायत अन्य खेलाडीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close