
पोखरा स्पोर्टस। नेपाल बक्सिङ संघको तेस्रो कार्यसमितिको बैठकले विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी तोकेको छ । संघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सम्पन्न तेस्रो बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ ।
संघका महासचिव मान बहादुर भण्डारीका अनुसार तेस्रो पुर्ण कार्यसमिति बैठकले आर्थिक उपसमितिको संयोजकमा संघका अध्यक्ष राम अवाले, निति तथा कार्यक्रम तर्जुमा उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्राविधिक उपसमिति संयोजकमा पुस्करराज पन्त, प्रशिक्षक उपसमिति संयोजकमा प्रचण्ड शर्मा, रेफ्री÷जज उपसमिति संयोजकमा सविन भट्टचार्यलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै अनुशाशन उपसमिति संयोजकमा अर्जुन बहादुर के.सी, छनौट उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्रतियोगिता उपसमिति संयोजकमा रामबहादुर गिरी, स्कुल कमिशन संयोजकमा श्यामकाजी अवालेलाई चयन गरेको संघले जनाएको छ ।
संघको सचिवालयस्तरको बैठकले यस अघि गरेको निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको छ भने संघले आगामी वर्षको कार्यक्रममा स्कुल, जुनियर, युथ, इलाइट र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने र एएसबीसी, आइबा र आईओसीका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ब्यापक सहभागी गराउने निर्णय समेत् गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कभर्डहल निर्माण कार्य अघि बढाउने, त्रिपुरेश्वर स्थित महासंघको केन्द्रीय कार्यालयलाई ब्यबस्थित गर्ने, प्रशिक्षक तथा रेफ्रि÷जज तालिम संचालन गर्ने, बक्सिङ खेल विकास र विस्तारका लागि विद्यालयस्तरमा आबश्यक जनचेतनामूलक कार्यक्रम तथा गोष्ठी सन्चालन गर्ने समेत निर्णय गरेको जनाएको छ ।
सोफिया शहरमा बुल्गेरिया बक्सिङ महासंघले आयोजना गरेको ७५ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आइबाद्वारा संचालित थ्री स्टार रेफ्री÷जज शर्टिफिकेशन कोर्षमा सहभागी हुन लागेका टु स्टार रेर्फी÷जज धनकुमार मैनालीलाई परीक्षा सफलताको शुभकामना दिदै अध्यक्ष तथा पदाधिकारीले बिदाई समेत गरेको छ ।
