
पोखरा स्पोर्टस । लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोर्डिङ स्कुलले हात पारेको छ ।
स्नो भ्यु इङलिस बोर्डिङ स्कुल र हेमजा बोडिङ स्कुल बिच भएको फाइनल खेलमा हेमजा बोर्डिङ २–० गोलले बिजयी भएको हो । हेमजा बोर्डिङको जितमा समीर कुँवर र बिनय नेपालीले गोल गरे ।
हेमजा बोर्डिङका बिशाल गुरुङ उत्कृष्ट खेलाडी धोषित भए । त्यस्तै सर्वाधिक गोलकर्तामा बिनय नेपाली, उत्कृष्ट गोलरक्षक स्नो भ्युका सदिश कार्की साथै बेस्ट प्लेमेकर स्नो भ्युका प्रवेश कार्की बन्न सफल भए । त्यसैगरी अनुसासित समुहमा गौरीशंकर मा.बि रहेको छ ।
खेलकुदको माध्यमबाट विद्मार्थी युवाहरुमा एकता भाइचारा सम्बन्ध कायम गर्दै विद्यालयमा बालबालिकालाई खेलकुदमा अभिरुची जगाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा हेमजामा रहेका ७ माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।
