बृहत राष्ट्रिय पारा खेलकुदका लागि राखेपले थाल्यो तयारी

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय बृहत पारा खेलकुद गर्ने तयारी स्वरुप छलफल अगाडि बढाएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बुधबार सरोकारवालसंग भेट गरी छलफल गरेका हुन् । विश्वव्यापी रुपमा ओलम्पिक खेलकुद र एसिायली खेलकुद सम्पन्न भएको केहि सातापछि सोही स्तरको पारा खेलकुद आयोजना गर्ने चलन रहँदै आएको छ । नेपालमा पनि बृहत राष्ट्रिय खेलकुद सम्पन्न भएपछि पहिलोपटक बृहत राष्ट्रिय पारा खेलकुद आयोजना गर्न छलफल गरिएको हो ।

राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, सरोकारवालको उपस्थितिमा भएको छलफलमा सदस्य–सचिव घिसिङले पारा राष्ट्रिय खेलकुदका लागि निर्देशिका तयार गर्न तथा खेल, खेलाडी संख्याका आधारमा खेलको स्वरुप निर्धारण गर्न निर्देशन दिएका छन् ।

सो क्रममा भएको छुट्टै प्रसंगमा चालू आ.व.मा पारा राष्ट्रिय खेलकुदसंग आबद्ध संस्थाहरुको समन्वयमा पाराको नियमित खेलकुद प्रतियोगिता भने राखेपले आयोजना गर्न सदस्य–सचिव घिसिङले निर्देशन समेत् दिए ।

पारा खेलकुदलाई राष्ट्रिय खेल संघले बिधानमै अनिवार्य समावेश गरी तत्काल राष्ट्रिय संघलाई पत्रचार गर्न तथा खेल संरचना अपाङ मैत्री बनाउने सम्बन्धमा पनि सम्बन्धित विभाग र शाखालाई सदस्य–सचिव घिसिङले निर्देशन दिएका छन् ।

यता प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो स्थापना देखि हरेक वर्ष पारा खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close