पोखरामा खुल्ला नेपाल स्नुकर प्रतियोगिता शनिबार देखि

पोखरा स्पोर्टस । पोखरामा खुल्ला नेपाल स्नुकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लिको आयोजना यही माघ १३ गते (शनिबार) देखि उक्त प्रतियोगिता हुने भएको जानकारी गराइएको हो ।

खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताएका छन् । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नुकर प्रतियोगिता गर्दै आएको सन्दर्भमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रवर्द्धन गरी, स्नुकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा १ सय २१ जना खेलाडीहरु सहभागि हुने भएका छन् । पोखरा क्षेत्रबाट मात्र ६६ जना अन्य खेलाडी अन्य विभिन्न जिल्लाबाट सहभागि हुने भएको अध्यक्ष बिकले जानकारी दिए ।

प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०/२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो ।

उक्त प्रतियोगिता फाइनल स्कोर स्पोर्टस (स्नुकर हाउस) मा यही माघ २८ गतेसम्म संचालन हुने भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले जानकारी दिए ।

संघका संस्थापक अध्यक्ष वसन्त गौचनले यस खेललाई करिब ४ दशक सुरु भएको र यो खेल भद्र व्यक्तिहरुले शान्त र शारीरिक व्ययामका लागि समेत खेल्न थालेको बताए ।

संघका अध्यक्ष सागर कुमार साई (दिलिप) ले संघले गर्नुपर्ने प्रतियोगिता एक स्नुकर हाउसले गरेर आफुहरुलाई धेरै सहयोग पुर्याएको बताउदै यसलाई थप व्यबस्थित गर्न आवश्यक भएको बताए ।

संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङले यस खेलको पोखरामा करोडौं लगानी भएर धेरै व्यबस्थित हुदै आएको दाबी गरे । संघका द्धितीय उपाध्यक्ष रामजी सुनारले विभिन्न स्नुकर हाउसहरुले पोखरामा बर्षमा ५/६ वटा पोखरा तथा प्रदेश स्तरिय मात्र स्नुकर प्रतियोगिता भएको बताए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गर्ने भएको प्रेम बहादुर परियारले बताए । पुल र स्नुकर खेलले युवाहरु विकृतिमा लागेका छन भन्ने पत्रकारको जिज्ञासामा संस्थापक अध्यक्ष गौचनले कुनै समय र केही समस्या भए पनि हाल धेरै व्यबस्थित भएको दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close