बिली जिन किङ टेनिस : नेपालको लगातार दोश्रो जित

पोखरा स्पोर्टस । नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया/ओसिएना ग्रुप ३ को प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

नेपालले टिम इभेन्टमा ब्रुनइलाई ३–० ले पराजित गरेको हो । पहिलो दिन नेपालले ताजाकिस्तानलाई पनि ३–० ले नै पराजित गरेको थियो ।

पहिलो सिंगल्समा नेपालकी सुनिरा थापाले मिङ रुइ चोङलाई ६–० र ६–१ तथा दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले जिया हुइ तानलाई ६–० र ६–० कै सोझो सेटमा पाखा लगाए ।

डबल्समा नेपालका अभिलाषा र माहिका राणाको जोडीले मिङ र एड्रियना सिमको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले पन्छाए ।

समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार कतारसंग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close