परिषदद्वारा सल्लाहकार मनोनयन, खेल क्षेत्रमा औषध उपचार र छात्रवृत्तीको पहल

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले सल्लाहकारमा हरिप्रसाद पराजुली र ओलम्पियन टिका बोगोटीलाई मनोनयन गरेको छ ।

परिषदको सम्पन्न सातौं बोर्ड बैठकले उनीहरुलाई प्रदेश खेलकुद विकास नियमावली–२०७८ को नियम ३(ज) बमोजिम सल्लाहकारमा मनोनयन गरेको हो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं परिषदका अध्यक्ष शुसिला सिम्खडाको अध्यक्षतामा सम्पन्न सातौं बोर्ड बैठक बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले उहाँहरुको खेलकुदमा दिएको योगदानको कदर गर्दै सल्लाहकारमा मनोनयन गरेको जानकारी दिएका छन् ।

सल्लाहकारमा मनोनयन भएका कास्की पोखरा ५ का पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष  हुन् । गोरखाका बोगोटी म्याराथन धावक हुन् । उनी सन १९८८ मा सिओल ओलम्पिकमा सहभागिता जनाएका थिए ।

पराजुली र बोगोटीसहित परिषदमा सल्लाहकारहरुको संख्या ११ पुगेको छ ।

यसै गरी परिषदको बैठकले साविक पश्चिमाञ्चल क्षेत्र र गण्डकी प्रदेशको तर्फबाट कम्तिमा राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी पूर्व तथा वर्तमान खेलाडीहरु आफै वा तिनका छोरा छोरी कक्षा ११,१२ र सो भन्दा माथि उच्च शिक्षासम्म अध्ययनका लागि सरकारी विद्यालय, क्याम्पस, विश्वविद्यालयमा मासिक शुल्क पुरै छुट तथा नीजि क्षेत्रका विद्यालय, क्याम्पस, विश्वविद्यालय तर्फ ५० प्रतिशत छुटको व्यवस्था मिलाउन मन्त्रालयमा तीन महिना भित्र प्रस्ताव पेश गर्न तथा सम्बन्धित पक्षहरुसंग समेत पहल गर्न तथा सो बारे थप अध्यय गर्न परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको संयोजकत्वमा परिषदका सदस्य विनय थापा र परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका विषयगत दुई प्रतिनिधीसहित कुल पाँच सदस्यिय कार्यदल गठन गरी जिम्मेवारी तोकेको छ ।

यसै गरी, गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका पूर्व तथा बर्तमान खेलाडीहरु, परिषदमा सुचिकृत रेफ्री, कोच (प्रशिक्षक)को स्वास्थ्य सेवा अन्तर्गत औषधी उपचारमा संघिय, प्रादेशिक र स्थानीयतहका सरकारी अस्पतालहरुमा ओपिडी र आकस्मिक सेवामा दर्ता निशुल्क, ल्याब परिक्षण र सर्जरी सेवामा ५० प्रतिशत छुटको व्यवस्थाका लागि तथा नीजि अस्पत्तालमाहरुमा ओपिडी र आकस्मिक सेवामा दर्तामा ५० प्रतिशत छुट, ल्याब टेष्ट र सर्जरी सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाउन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेश गर्ने र सम्बन्धित पक्षलाई समेत अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

यसै गरी बैठकले बाग्मती प्रदेश खेलकुद विकास बोर्डद्धारा आगामी फागुन २४–३० गते सम्म आयोजित अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० मा गण्डकी प्रदेशले सबै खेलका विधामा सहभागिता जनाउने निर्णय गर्दै उक्त प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिता संचालन तथा सहभागिताको लागि आवश्यक पर्ने बजेट रु ३ करोड ५० लाख प्रस्ताव गरी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मार्फत प्रदेश सरकारसंग माग गर्ने निर्णय समेत् गरेको छ भने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका लागि ३ करोड ६० लाख समेत मन्त्रालयमा प्रस्ताव पेश गर्ने परिषदले जनाएको छ ।

परिषदमा सुचिकृत भएका २ यस ४३ जना रेफ्री तथा ३ सय ५१ जना प्रशिक्षकहरुलाई दुर्घटना हुँदाको अवस्थामा आकस्मिक विमा अन्तर्गत औषधी उपचार र क्षतीपुर्ती राहतका लागि बार्षिक बिमा गर्ने गराउने व्यवस्था तथा परिषद र जिल्ला खेलकुद विकास समितिबाट स्विकृति लिई गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटै जिल्लामा राष्ट्रिय, प्रदेश, जिल्ला स्तरीय वा अन्तर जिल्ला प्रदेश स्तरीय वा अन्तर प्रदेश राष्ट्रिय वा रा.खे.प.बाट आयोजित राष्ट्रिय प्रतियोगितामा सहभागी हने खेलाडीहरुको सामुहिक आकस्मिक विमा कार्यक्रम कार्यान्वयन गर्ने गरी निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close