नेप्लिज इनकाउण्टर्स विद्यालयस्तरी टी–२० क्रिकेटको फाईनलमा टप्स र प्रतिभा भिडने

पोखरा, ४ फागुन ।
नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा उपाधिको लागि प्रतिभाले टप्स माविसँग खेल्ने छ । फाईनल आज शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कुमुदिनी होम्सले टस हारेर व्याटिङ गर्ने क्रममा ६९ रन बनाई अलआउट हुन पुग्यो ।

कुमुदिनी होम्सका लागि कुमुदिनी होम्सले नविन पोखरेलले १७ रन नटआउट हिर्काए । रुपक थापाले १० रन बाहेक अन्य व्याट्सम्यानको दोहोरो अंकको स्कोर खातामा चढेन् । अतिरिक्त रन मात्रै १९ थियो । प्रतिभाका अन्जन केसीले ३ विकेट, उदय थापाले पनि चार ओभरमै बलिङ गरी ३ विकेट लिए । जगदिश घिमिरेले भने २ विकेट लिएका थिए ।

७० रनको लक्ष्य पछ्याएको प्रतिभाले जगदिश घिमिरेको नटआउट ३४ रन र शुशिल तिवारीले २२ रन जोडेपछि १२ ओभरमै खेल जित्यो । एक विकेट गुमाउँदै जित निकाल्ने क्रममा घिमिरेले ५ चौका र तिवारीले ३चौका प्रहार गरे । घिमिरे जे४ स्पोर्टस म्या अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा टप्स माथि डकवर्थ लुईस पद्धतिको आधारमा फाईनल प्रवेश गरेको छ ।

पानी पर्नु अघि टप्सले ९९ रन बनाई १०० रनको लक्ष्य हिमालयन बोर्डिङलाई दिएको थियो । हिमालयनले पनि १३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ५२ रनमा खेलिरहँदा पानी परेपछि खेल स्थगित गरिएको थियो । कटअफ टाईम समेत पानी नरोकिएपछि खेल डकवर्थ लुईस पद्धतिमा गरिएको थियो । जसमा टप्स १२ रनले विजयी हुदैं फाईनल प्रवेश गरेको हो । टप्सका बसन्त गुरुङ म्यान अफ दि म्याच घोषित भए । फाईनलमा उपाधिको लागि प्रतिभाले टप्स माविसँग खेल्ने छ । विजेता विद्यालयले नगद २५ हजार रुपैयाँ र उपविजेता विद्यालयले १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close