पोखरा महानगर आहा ! रारा पोखरा गोल्डकपको संरक्षक

पोखरा स्पोर्टस । नेपाली फुटबल खेल इतिहासमा निरन्तरताको इतिहास रचेको ‘आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’को पोखरा महानगरपालिका संरक्षक बनेको छ ।

सहारा क्लब पोखरा आयोजनामा २०५७ को क्याराभानदेखि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आइपुग्दा यसको चिनारी मोफसललाई चिर्दै सीमापारसम्म फैलिएको छ । यो नेपालमा संचालित फुटबल प्रतियोगितामध्ये नियमित संचालित एकमात्र प्रतियोगिता हो ।

यसैबीच, पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले ‘पोखरा गोल्डकप’ नामकरण गरी आयोजकले यसको संरक्षकत्व ग्रहण गर्न अवसर दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

उता, सहारा क्लब पोखराको शुक्रबार नै केशवराज बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पनि महानगर संरक्षक बनेकोमा हार्दिक आभार व्यक्त गरेको छ ।

यही माघ ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगितामा यसपालि १२ टिम सहभागि हुँदैछन् ।

२०६१ सालदेखि आवासीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । हाल चौंथो ब्याचमा बालक भर्ना भएका छन् ।

प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ ।

विभिन्न संघसंस्थाको सहयोग रहेको प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close