१५औं राष्ट्रपति रनिङ शिल्ड : कराते खेल अवरुद्ध

पोखरा स्पोर्टस । काठमाण्डौमा हिजोबाट सुरू भएको १५औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको कराते प्रतियोगिता अवरुद्ध भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी छनौटको अधिकारी कराते महासंघको आधिकारिक संस्थालाई जिम्मा नदिंदा यो समाचार तयार पार्दा सम्म कराते खेलका कुनै पनि प्रतियोगिताहरु अघि बढ्न सकेका छैनन ।

प्रतियोगिताका लागि सातै प्रदेशबाट सहभागि ८४ जना खेलाडी, १४ जना प्रशिक्षक र १४ जना म्यानेजरहरु ललितपुर साददोवाटोस्थित कराते प्रशिक्षण केन्द्रमा जम्मा भएको प्रतियोगितामा सहभागि एक रेफ्रिले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा सहभागिता गराउने जिम्मा नेपाल कराते महासंघलाई नदिएर  कोशी प्रदेश खेलकुद विकास बोर्डले बाहिरी व्यक्तिहरुलाई जिम्मा लगाउँदा महासंघले कराते प्रतियोगिता अघि बढ्न नसक्ने भन्दै विरोध जनाएको छ ।

महासंघले भनेको छ–“WAF, AKF तथा नेपाल कराते महासंघका रेफ्री नियम विपरीत, रेफ्री नविकरण नभएका व्यक्तिहरूलाई रेफ्री संयोजक र रेफ्रीको रूपमा राखेर खेलाडी छनोट गरी कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपतिकप रनिङ शिल्ड लागि कराते खेलाडी पठाएको अवस्थामा ती खेलाडीलाई सहभागि गराउन नेपाल कराते महासंघ असमर्थ छ।”

महासंघले भनेको छ–”नेपाल कराते महासंघ राष्ट्रिय खेलकुद ऐन २०७७ र विश्व कराते महासंघ WKF का नियमहरूबाट बाहिर गएर कुनै पनि गतिविधि गर्दैन ।”

अहिले खेलाडी प्रशिक्षक र रेफ्रिहरु बिहान ८ बजेबाट नै असरल्ल परेर बसिरहेको बताइन्छ ।

राखेपले सो बारे छिटो निर्णय गर्न नसक्दा  सातै प्रदेशबाट सहभागि १ सय भन्दा सहभागिहरुको भविष्य के हुने बारे यति बेला सबैले चिन्ता व्यक्त गरेका छन् ।

नेपाली खेलकुदमा करातेले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्टता हासिल गर्दै आएको भए पनि १८ वर्ष मुनीका खेलाडीहरुको दिमागमा नेपाली खेलप्रति कस्तो संकेत गर्ला त्यो भने भविष्यले बताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close