टाइगर कप भलिबल : महिलातर्फ पहिलो खेलमा गण्डकी पराजित, कमजोर प्रदर्शन

पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली पराजित भएको छ ।

पोखरा रंगशालामा जारी दोश्रो दिनको खेलमा गण्डकी नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित गरेको हो । तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले.बुझायो । 

नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका दुई सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि अन्ततः २५–१६  ले पुलिसलाई बुझाउन पुग्यो ।

जित संगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ । यो संगै नेपाल पुलिस ४ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छ । पुलिसले आफ्नो पहिलो खेल एपिएफ क्लब संग ३–१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समुहमा एपिएफ २ अंकका साथ दोश्रो स्थानमा छ ।

लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मंगलबारको दोश्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लब र हरियाणा टिम भारतका बिच हुनेछ । त्यस्तै पुरुषतर्फको श्रीलंका आर्मी टिम र एपिएफ क्लव तथा दोश्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवका बिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close