एसिसी प्रिमियर कपमा सहभागि हुने राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण पोखरामा

पोखरा स्पोर्टस । एसिसी वुमेन्स प्रिमियर कपमा सहभागि हुने राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा गर्ने गरी तयारी गरेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका हुन् । बन्द प्रशिक्षणमा रहेका २४ जनाको टोलीले माघ २ गतेबाट पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा प्रशिक्षण सुरु गर्ने भएको छ ।

एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुनेछ । टी २० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स सहभागि हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि २० एसिया कप खेल्न पाउनेछन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीमा बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी । ज्योत्स्निका गण्डकी प्रदेशकी हुन् । उनी पहिलो पटक २४ सदस्यिय स्क्वाडमा छिन् । 

टिमको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close