सुविन र रिहानालाई योनेक्स इनास सव जुनियर उपाधि

पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन काठमाण्डौमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि हात पारेका छन् ।

सुविनले आज सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५, २१—१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१—१२, २१—१० ले पराजित गर्दै उपाधी उचालेका हुन् । बिजयी खेलाडीहरुले नगद १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजयी खेलाडीहरुले मेडल प्रमाण पत्र र ट्रफीका साथ नगद ५ हजार प्राप्त गरे ।

तेश्रो स्थानमा पुरुष तर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की रहे । महिला तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहे ।

बिजयी खेलाडीहरुले नगद २५ सय र मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु १३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपाधी सहित नगद १० हजार प्राप्त गरे ।

सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६, २१—१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१—१९, २१—१२ ले पराजित गरेका हुन् । दोश्रो स्थानमा रहेका खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेश्रो स्थानमा पुरुष तर्फ तनहुका सफल भुजेल र एपिएफका आरुष सिमखडा र महिला तर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । खेलाडीहरुले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु ११ तर्फ कास्कीका सक्षम गुरुङ्गले कपिलबस्तुका विराट बस्नेतलाई २३—२१, २१—१० ले पराजित गर्दै उपाधी सहित नगद १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजयी खेलाडी बस्नेतले नगद ५ हजार प्राप्त गरे । तेश्रो स्थनमा रहेका आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य रहे । तेश्रो हुने खेलाडीहरुले नगद २५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव श्री सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एस.पी. सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्ग, समाजसेवी नारायण सापकोटा, लोकान्तर डट. कमका चिफ इडिटर बिमल गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस्तै ईनासका प्रोपाईटर राजु बास्तोलाले खेलाडीहरुलाई योनेक्सको विभिन्न सामग्री जस्तै र्‍याकेट, ब्याग, टिसर्ट र खेल सामाग्री प्रदान गरेका थिए ।

प्रतियोगिताको ब्राण्डिङ्ग र ब्यवस्थापन खेतान स्पोर्टस् फाउन्डेशनले गरको थियो । फाउन्डेशनले बच्चाहरुलाई ध्यानमा राखेर कार्टुनमा ब्रान्डिङ्ग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close