माछापुच्छ्रे अध्यक्ष कप भलिबलको उपाधि बौदीकाली नवलपुरले जित्यो

पोखरा स्पोर्टस । कास्कीको माछापुच्छ्रेमा आयोजित “दोश्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता”को उपाधि बौदीकाली गाउँपालिका नवलपुरले जितेको छ ।

माछापुच्छ्रेको घाचोकमा आयोजित उक्त प्रतियोगितामा गल्कोट नगर पालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका उपसंयोजक एवं गण्डकी प्रदेश भलिबल संघका सदस्य जापान गुरुङले जनाएका हुन् । शनिबार भएको फाइनलमा पहिलो सेट २५–२१ ले गल्कोटले जिते पनि बौदीकालीले खेलमा फर्किर्दै दोश्रो सेट २७–२५ तेश्रो सेट २६–२४ र चौथो सेट २५–१४ ले जित्दै उपाधि जितेको छ ।

उपाधि संगै बौदीकालीले नगद ३ लाखका साथमा ट्रफी, मेडल तथ प्रमाणपत्र हात पारेको छ भने उपविजेता गल्कोटले नगद २ लाखका साथमा ट्रफी, मेडल तथ प्रमाणपत्र हात पारेको गुरुङले जनाए । यस्तै प्रतियोगितामा दुई सेमीफाइलालिष्ट टिम तृतिय भएका छन् । सेमीफाइनालिष्ट टिम चापाकोट नगरपालिका स्याङजा र अन्नपूर्ण गाउँपालिका कास्की तृतिय हुँदै समान नगद रु ५०–५० हजार हात पारेका छन् ।

शनिबार नै भएको सेमीफाइनलमा गल्कोटले अन्नपूर्णलाई २५–२०, २५–१९ र २५–१९ ले र बौदीकालीले चापाकोटलाई २५–२०, १९–२५, २५–२२ र २५–१९ ले जित्दै उपाधि होडमा पुगेका थिए ।

यस्तै प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ७ हजार हात पारे ।

त्यस्तै उत्कृष्ट विद्याअन्तर्गत बोदीकालीका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, सोही पालिकका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, सोही पालिकाका उत्कृष्ट सर्भर आशिष श्रेष्ठ, उत्कृष्ट डिफेन्डरमा चापाकोटका राजन दर्लामी मगर, गल्कोटका मिन सुनार उत्कृष्ट सेटर र बौदीकालीका सागर लिष्ट उत्कृष्ट प्रशिक्षक हुन सफल भए । उनीहरुले जनही नगद ५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

गत २६ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १५ टिम सहभागि थिए । स्याङजा, नवलपुर, कास्की, बागलुङ, पर्वत रतनहुँका विभिन्न पालिकाले सहभागिता जनाएका थिए । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीहरुले समेत विभिन्न पालिकाबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close