आइवा वर्ल्ड वक्सिङमा पुरन र सनिल पराजित

पोखरा स्पोर्टस । नेपाली मुक्केवाज पुरन राई र सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन् ।

पुरन ५७ केजीमा मेक्सिकोका मिग्युल तथा सनिल ६७ केजीमा सर्बियाका अब्बासोभसंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

यससंगै प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगितामा नेपालबाट ४ खेलाडी सहभागी थिए । यस अघि ६४.५ केजीमा भुपेन्द्र थापा मगर फ्रान्स तथा ४८ केजीमा रविन थापा मंगोलियाका खेलाडीसंग चुकेका थिए । प्रतियोगिता भने नोभेम्बर ६ तारिखसम्म जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close