सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन : रिजन र सत्यम अन्तिम आठमा

पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप २०८० यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न यु – १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१–१३, २१–८ ले र सत्यमले कास्कीका अमित थपालाई २१–१२, २१–१३ ले पराजित गर्दै क्वाटरफाईलनमा स्थान बनाउन सफल भएका हुन् ।

योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनासको आयोजनामा भएको प्रतियोगितामा स्र्पोट्स हवका सदीप राई, एपिएफका आरुष सिमखडा, तनहुका सफल भुजेल, कैलालीका रियान्स चौधरी, आर्मीका सुदेश राजकोटी र पुलिस स्कुलका प्रनिश कार्की पनि अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

सदीपले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१९, २१–५, आरुषले कैलालीका आदित्य चौधरीलाई २१–१५, २१–१६, सफलले कपिलबस्तुका राज घिमिरेलाई २१–७, २१–१४, रियान्सले आर्मीका दीप थिङ्गलाई २१–१३, २१–१४, सुदेशले महाबौद्ध क्लबका आरभ शाक्यलाई २१–५, २१–७ ले र प्रनिशले प्रिन्स थापा मगरबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close