प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र बिष्णु क्वाटरफाईनलमा

पोखरा स्पोर्टस । एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका बिष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गरेका छन् । दाहालले एपिएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस् हवका सुनिल कार्कीलाई २१–७, २५–२३ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्तिम आठमा प्रवेश गर्नेक्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१–११, १७–२१, २१–१४, आर्मीका कविर के.सी.ले पुलिसका जीवन आचार्यलाई २१–९, १७–२१, २१–१६, एपिएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१–११, २१–१२, एपिएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१–१६, २४–२२, आर्मीका प्रफुल महर्जनले एपिएफका भोज बहादुर गुरुङ्गलाई २१–१८, २१–१५, नखिपोटका बिवेक चौधरीले एपिएफका विजित थापा मगरलाई २३–२१, २१–१३ ले पराजित गरे ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकल तर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले पनि अन्तिम ८ मा स्थान बनाए । लम्सालले एपिएफकी रिना तामाङ्गलाई २१–१०, २१–१२ र गिरीले एपिएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरेका छन् ।

यस्तै आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१–१०, २१–११, कस्तुरी कलेजकी सिमा राजबंशीले आर्मीकी बिस्ना बिष्टलाई २१–१४, २१–१२, एपिएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१–७, २१–१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१–१३, २१–८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

शिर्ष २० बरियता बाहेकको पुरुष युगल तर्फको खेलमा युनिटीका अनिष गुरुङ्ग र प्रमिश श्रेष्ठको जोडी, देवी नगरका हेमन्त ऐर र बविश थापाको जोडी, एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी, नवलपुरका अक्षय क्षेत्री र चितवनका बिद्धवान गुरुङ्गको जोडी, आकाश जोशी र रमेश ठकुरीको जोडी, स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल खत्रीको जोडी, धादिङ्गका एल. ठकुरी र देवी नगरका आर. ठकुरीको जोडी, एपिएफका विशाल प्रधान र सुजन थापाको जोडी तथा स्पोर्टस् हवका सुनिल कार्की र बिशाल तामाङ्गको जोडी पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close