
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ ‘आइबा’को आयोजनामा यहि अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म सर्बियाको राजधानी वेलग्रेडमा हुने २१ औ ‘आइबा मेन्स् वर्ल्ड बक्सिङ च्याम्पियनसिप–२०२१’मा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाई गरिएको छ ।
यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन् । उक्त प्रतियोगितामा नेपालबाट ४ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । बिदाई कार्यक्रममा मन्त्री खेलाडी तथा अफिसीयलहरुलाई अग्रीम बधाई तथा शु्भकामना व्यक्त गर्दै वर्ल्ड च्याम्पियनसिप जस्तो बक्सिङ्गको महाकुम्भ प्रतियोगिता नेपाली खेलाडीहरुको उच्च प्रदर्शनका साथै पदक जित्नको लागी खेल्न प्रेरणा दिएका छन् ।
प्रतियोगितामा विश्वका १०५ राष्ट्रको १३ वटा तोल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको आइबा मेन्स् वर्ल्ड बक्सिङ च्याम्पियनसिप–२०२१ मा प्रत्येक तौल समुहमा स्वर्ण पदकले १ लाख डलर, रजत पदकले ५० हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाले २५–२५ हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्ट प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ४८ के.जी. तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले प्रतिस्पर्धा गर्नेछन् । त्यसै गरि प्रशिक्षकको जिम्मेवारी प्रमुख प्रशिक्षक प्रकास थापामगर र प्रशिक्षक किशोर लिम्बु रहेका छन् भने अफिसीयल्समा नेपाल बक्सिङ्ग संघ सदस्य मान बहादुर भण्डारी र प्रनिर अधिकारी रहेका छन् ।
बक्सिङ्ग टोली आज राती १०ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।
यसै गरी अन्तर्राष्ट्रिय बक्सिङ्ग संघको ७५ वर्षको मनाउने क्रममा आइबाको निमन्त्रणमा नेपाल बक्सिङ्ग संघको अध्यक्ष राम अवाले समेतको सहभागीता रहनेछ ।
प्रतियोगितामा सहभागी खेलाडी एवं प्रशिक्षकहरुलाई नेपाल लोकतान्त्रीक खेलकुद र नेपाल बक्सिङ्ग संघ उपाध्यक्ष भोजराज सिटौलाले एक–एक जोर ट्रयाकसुट, ८ औ साग स्वर्ण पदक बिजेता रामचन्द्र थापामगरबाट भेष्ट र होसन्ना चिन्नी भट्टा उद्योगबाट खेलाडीहरुको रिङ्ग ड्रेस २/२ सेट प्रायोजन गरिएको संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिएका छन् ।
