
पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्तरिय तेक्वान्दोतर्फ कास्की टिम च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न तेक्वान्दो पुम्सेतर्फ टिम च्याम्पियन र ग्योरोगीतर्फ उपविजेता हुँदै कास्की टिम च्याम्पियन भएको हो ।
ग्यारोगीतर्फ पुरुषका ८ वटा विभिन्न मध्ये ५४ केजी मुनी तौलमा तनहुँका संगम परियारले स्वर्ण, म्याग्दीका दिपेश पुर्जाले रजत, गोरखाका अमृत विश्वकर्मा र बागलुङका महेन्द्र विकले कास्य पदक प्राप्त गरे । ५८ केजी तौल मुनी नवलपुरका हरि बहादुर परियार स्वर्ण, पर्वतका शुभम श्रेष्ठ रजत, म्याग्दीका रोहित पटेल र कास्कीका अमृत गुरुङले कास्य पदक हात पारे ।
यसै गरी पुरुष ६३ केजी मुनीको तौलमा पर्वतका प्रकाश माझीले स्वर्ण, कास्कीका राजकुमार चौधरीले रजत, नवलपुरका मनिष महतो र गोरखाका सजित खनखवासले कास्य पदक हात पारे । ६८ केजी तौल मुनी कास्कीका हेमन्त गुरुङले स्वर्ण, नवलपुरका राजन मल्ले रजत, वागलुङका दिलिप विक र पर्वत गणेश नेपालीले कास्य पदक हात पारेका छन् । ७४ केजी मुनीतर्फ पर्वतका शंकर पौडेलले स्वर्ण, कास्कीका दपर्ण हमाल ठकुरीले रजत, नवलपुरका रियान कुमाल र म्याग्दीका क्रिपेश हमालले कास्य पदक हात पारे ।
त्यसै गरी ८० केजी तौल मुनी कास्कीका शकिल लामगादेले स्वर्ण, नवलपुरका सुरेन जेडी मगरले रजत, विमल पुन गोरखा र म्याग्दीका सुेन्द्र वर्देवाले कास्य पदक हात पारे । ८७ केजी मुनी तौलमा म्याग्दीका राजकुमार परियारले स्वर्ण, गोरखाका रुवास राना मगरले रजत, कास्कीका आविष्कार बस्ताकोटी र पर्वतका मिलन विकले कास्य पदक हात पारेका छन् । ८७ केजी तौल माथी कास्कीका निरज बहादुर नेपालीले स्वर्ण, गोरखाका राम गुरुङले रजत, पर्वतका सन्तोष माझी र म्याग्दीका इक्कल रोकाले कास्य पदक हात पारे ।
ग्यारोगी तर्फ महिला ४६ केजी मुनी पर्वतकी आस्था शर्माले स्वर्ण बाग्लुङकी रोजिना बिक,गोर्खाकी आकृती श्रेष्ठ र तनहूुँका महिमा लामाले काश्य पदक जितेका छन । महिला ४९ केजी मुनी नवलपुरकी महिमा महतो स्वर्ण पदक जित्दा कास्की रजत अनिता परियार,बाग्लुङकी पमिशा थापा र गोर्खाकी मनिका थापा मगरले काश्य पदक हात पारे । महिला ५२ केजि मुनीका गोर्खाका पवित्रा बयलकोटीले स्वर्ण कास्कीकी मोनालिशा मल्लले रजत,बाग्लुङकी बुद्ध गुरुङ र पर्वतकी सोनिया माझी काश्य पदक जिते ।
त्यस्तै ५७ केजी तौल मुनी नवलपुरकी सोविता थापाले स्वर्ण म्याग्दीकी सोमा बुढा मगर,पर्वतकी सद्धिक्षा माझी र गोर्खाकी विष्णु गुरुङले काश्य पदक जिते । ६२ केजी मुनी तौलमा कास्कीकी पार्वती श्रेष्ठले स्वर्ण, नवलपुरकी मुनु थापाले रजत बाग्लुङ दिश्ना नेपाली र म्याग्दीकी रंजिता तमाङले काश्य हात पारे । महिला ६७ मुनी पर्वतकी स्मृती नेपालीले स्वर्ण,तनहुँकी देवी थापाले रजत,म्याग्दीकी सुस्मिता दर्जी र कास्कीका रोजना कार्कीले काश्य हात पारे । ७२ केजी मुनी तौलमा म्यादीका सिचन्द्र वर्देवाले स्वर्ण र पर्वतकी सुजता थापाले रजत ७२ केजी माथि पर्वतकी सुस्मा सुनारले स्वर्ण म्याग्दीकी रंजिता तमाङले हात पारे ।
यसै गरि महिला टिम पुम्से कास्कीले ६.३ अकं प्रथम,म्याग्दीले ५.४ अकं प्राप्त गरि दोस्रो र बाग्लुङले ४.८ अंक प्राप्त गरि तेस्रो भएको छ । पुरुष टिम पुम्से तर्फ बाग्लुङ प्रथम म्याग्दी दोस्रो र पर्वत तेस्रो भएको छ । जोडी पुम्से तर्फ कास्की प्रथम,बाग्लुङ दोस्रो म्याग्दी र नवलपुर तेस्रो भएको छ । एकल पुम्से पुरुष तर्फ कास्की आयुष गुरुङ स्वर्ण बाग्लुङका युकेश थापा मगरले रजत, म्याग्दीका प्रमोद परियार र नवलपुरका लक्की रानाले काश्य प्राप्त गरे । महिला एकल पुम्से तर्फ कास्कीकी अर्पणा अधिकारी स्वर्ण,नवलपुरकी कन्चन चौधरीले रजत बाग्लुङकी रंजना रम्जाली र कास्कीकी इशा गर्भुजाले काश्य प्राप्त गरे ।
पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, जिल्लाका अध्यक्ष कुमार गुरुङ लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
