
पोखरा स्पोर्टस । कर्णाली प्रदेश ब्याडमिन्टन संघको आयोजनामा चार दिने ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा सुर्खेत जिल्ला ब्याडमिन्टन संघको समन्वय र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई ब्याडमिन्टन एसियाका निर्णायक दीपक थापा र राष्ट्रिय रेफ्रि एवं अन्तराष्ट्रिय निर्णायक किरण कारञ्जितले प्रशिक्षण प्रदान गरेका थिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले उद्घाटन गरको तालिममा दिक्षित निर्णायकहरुलाई कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि.सी.ले प्रमाण पत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम कर्णाली प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टक्क बहादुर शाही (आजीवन)को सभापतित्वमा भएको थियो ।
