३४ औं पुरुष राष्ट्रिय भलिबलमा गण्डकीको पहिलो जित

पोखरा स्पोर्टस । सुर्खेतको विरेन्द्रनगरमा नेपाल भलिबल संघको आयोजनामा जारी ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।

सुदुर पश्चिम विरुद्ध पहिलो खेल खेलेको गण्डकीले सुदुर पश्चिम विरुद्ध ३–१ ले जितेको हो । पहिलो सेट २५–२० ले जितेको गण्डकीले दोश्रो सेट समान २५–२० ले जित्दा तेश्रो सेट भने २१–२५ ले सुदुर पश्चिमलाई सुम्पिन पुग्यो तर चौथो सेट गण्डकीले २५–२२ ले जित्दै आफनो पक्षमा पार्न सफल भयो ।

आइतबार गण्डकीले दोश्रो खेल मधेश प्रदेश विरुद्ध खेल्ने छ ।

पहिलो जित हात पारे संगै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले टिम प्रशिक्षक रमेश केसीलाई फोन गरी बधाई दिएका छन् । उनले आफ्नो शुभकामना टिमको साथमा रहेको उल्लेख गर्दै संयमित र अनुशासित रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

गण्डकी प्रदेश खुम प्रसाद ‘हरि पाण्डे’को कप्तानीमा सुर्खेत पुगेको छ । टिममा रवि केसी, सरोज वर्देवा, विष्णु क्षेत्री, जिवन सुनार, हिमाल सुनारी, इन्द्र विक, विश्वास अधिकारी, सुजन चोखाल, विवश आले, कुन्जन शाही ठकुरी र किरण गुरौ रहेका छन् । टिम व्यवस्थापकमा जिवन भण्डारी रहेका छन् ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close