
पोखरा स्पोर्टस । पोखराको चर्चित फुटबल प्रतियोगिता २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप सफल बनाउन मुल आयोजकसहित विभिन्न उपसमितिका संयोजक मनोनयन गरिएको छ ।
२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुने भए संगै आयोजक सहारा क्लव पोखराले आफ्नो तयारीलाई तिव्र पारेको हो ।
क्लवका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा बसेको मानार्थ सदस्य एवं सल्लाहकारसहितको कार्यसमितिको संयुक्त बैठकले विभिन्न उपसमितिका संयोजकहरु मनोनयन गर्दै तयारी तिव्र बनाएको क्लवले जनाएको छ ।
गठित आर्थिक उपसमिति संयोजकमा क्लब सल्लाहकार सुनिलकुमार गुरुङ मनोनयन भएका छन् । स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार मदन केसी संयोजक मनोनयन भएका छन् ।
यसैगरी, खेल मैदान व्यवस्थापन समिति संयोजकमा सल्लाहकार तोरणबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा सल्लाहकार शम्भु कार्की, आयोजक टिम तयारी उपसमितिमा पूर्व अध्यक्ष वीरभद्र आचार्य, सहभागी टिम सम्पर्कतर्फ पूर्व अध्यक्ष विक्रम थकाली संयोजक चयन भएका छन् ।
साथै अतिथि सत्कारतर्फ सल्लाहकार गणेशबहादुर भट्टराई, योगेन्द्रबहादुर केसी यातायात व्यवस्थापन, तेजबहादुर गुरुङ लियाजन व्यवस्थापन, टीकाबहादुर कार्की संघसंस्था समन्वय, निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ अन्तर्राष्ट्रिय शाखा समन्वय, सल्लाहकार डा. रवीन्द्रप्रसाद श्रेष्ठ प्राथमिक उपचार व्यवस्थापन, संस्थापक अध्यक्ष वसन्त थकाली प्राविधिक एवं अनुशासन, पूर्व अध्यक्ष केशवबहादुर थापा सचिवालय एवं प्रमाणपत्र, सिल्ड मेडल व्यवस्थापनका तर्फ संयोजक मनोनयन गरिएको छ ।
यसअघिको बैठकले क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सस्स्यीय मूल आयोजक कमिटी तथा १०१ सद्स्यीय सल्लाहकार परिषद गठन गरेको थियो ।
प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मुल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी मनोनयन भएका थिए ।
पोखरा रंगशालामा हुने प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् । गत वर्ष संकटा क्लबले उपाधि जितेको थियो
