नेकोस गण्डकीले मदन जयन्तीमा फुटसल प्रतियोगिता गर्दै

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेशले मदन जयन्तीको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

७२ औं मदन जयन्तीका अवसरमा नेकोस गण्डकीले नेकपा एमाले जनवर्गिय संगठनका विच फुटसल प्रतियोगिताको तयारी थालेको हो । नेकोस गण्डकीका अध्यक्ष विष्णु पुनका अनुसार असार १४ र १५ गते पोखरा २७ स्थित काइट स्पोर्टसमा उक्त प्रतियोगिता हुने पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा नेकपा एमालेका विभिन्न २३ वटा जनवर्गिय संगठनहरु सहभागि हुने छन् । अध्यक्ष पुनका अनुसार गण्डकी भूगोल भएका केन्द्रिय संगठनका पदाधिकारी सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारी सदस्यहरु, जिल्ला र पालिका तहका पदाधिकारी सदस्यहरु मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने बताए ।

प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद १५ हजार र उपविजेता टिमलाई नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई जनही नगद १ हजार ५ सयका साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिने अध्यक्ष पुनले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न नेकोस गण्डकीले रमेश कार्कीको अफिसियल व्यवस्थापन संयोजकत्वमा एक आयोजक कमिटि गठन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close