आहा ! रारा पोखरा गोल्ड कप र राइनो गोल्डकपका आयोजक टोली एकै ठाउँमा

पोखरा स्पोर्टस । गण्डकीका दुई ठूला फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप र राइनो गोल्ड कप आयोजक संस्थाका टोली एकै ठाउँमा बसेर प्रतियोगिता सफल बनाउने बारे छलफल गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मासहितको उपस्थितीमा दुवै आयोजक टोलीले प्रतियोगिता सफल बनाउने बारे छलफल गरेका हुन् ।

यहि माघ ९ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप “आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ पोखरामा सञ्चालन हुनेछ भने “बन, बन्यजन्तु र वातावरण संरक्षण”का लागि राइनो क्लवले छैटौं सस्करणको राइनो कप नवलपुरको मध्यविन्दुमा सञ्चालन हुँदै छ ।

छलफलका अवसरमा सदस्य सचिव शर्माले दुबै टोलीको उद्धेश्य महत्वपूर्ण रहेको बताउँदै गण्डकी प्रदेशमा यि दुई फुटबल प्रतियोगिताले यूवा खेलाडीहरु उत्पादनमा समेत उत्तिकै प्रभावकारी भूमिका खेल्ने बताए । उनले भने–“परिषदको उद्धेश्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजनाका लागि प्रोत्सहान गर्ने हो । जसबाट यूवा खेलाडीहरु प्रभावित हुन सकुन । म परिषदको तर्फबाट दुवै प्रतियोगिताको पूर्वसन्ध्यामा सफलताको शुभकामना दिन चाहन्छु । यहाँहरुले लिनु भएको उद्धेश्यले खेल विकास संगै सामाजिक विकासको रुपमान्तरणमा भूमिका खेल्नेछ ।”

इतिहास बोकेको आहा रारा गोल्ड कप तथा बन्य जन्तु र बातावरण संरक्षणका लागि खेलकुद मार्फत जनचेतना जगाउने उद्धेश्य लिएको राइनो गोल्ड कप प्रतियोगिता सम्पन्न गर्न परिषदको तर्फबाट सहयोग गर्ने आफ्नो प्रयास रहने बताउँदै अन्य व्यवसायिक प्रतिष्ठान र उद्योगहरुले समेत सहयोग गर्न उनले आह्वान गरे ।

सो अवसरमा सहारा क्लवका अध्यक्ष केशवराज बराल, राइनो क्लवका अध्यक्ष दोमन बहादुर भण्डारी लगायत दुबै क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close