पिएम कप गण्डकी प्रदेशस्तरिय क्रिकेट छनौटमा कास्की १५३ रनले विजयी

पोखरा स्पोर्टस । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरिय एक दिवशिय क्रिकेट छनौटमा कास्की १५३ रनले विजयी भएको छ ।

४ ओभर घटाइएको म्याचमा टस जितेर ब्याटिङ गरेको कास्कीले मुस्कान थापाको ७४ रनको मद्धतमा २६८ रन बनाएको थियो । कास्कीका लागि विपिन खत्रीले ३६ बलमा ५० रन बनाए भने रोहित चन्दले १९ बलमा २९ र आदित्य चन्द नट आउट रहँदै २१ रनको योगदान दिए । पुरै ४६ ओभर खेलेको कास्कीका ९ जना खेलाडी आउट भएका थिए ।

बागलुङका लागि अश्विन थापाले ९ ओभरमा ३८ रन दिएर २ विकेट हात पारे ।

यता जवाफी व्याटिङ गरेको बागलुङ २४.१ ओभरमा ११५ रनमा नै अल आउट हुन पुग्यो । रविन कार्कीले १५ र सुवर्ण खड्काले १२ रनको व्यक्तिगत योगदान दिए । बागलुङलाई धराशायी बनाउन कृष्ण पौडेलले ७ ओभरमा १ मेडन राख्दै ३३ रन दिएर ३ विकेट हात पारे भने आदित्य थापा र विपिन खत्रीले समान २–२ विकेट लिए ।

खेलमा कास्कीका मुस्कान थापा म्यान अफ दि म्याच घोषित भएका छन् ।

पौष २५ गते सम्म सञ्चालन हुने छनौट प्रतियोगिताको एक कार्यक्रमका वित गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गरेका छन् । उनले सो अवसरमा बोल्दै पोखरा रंगशालालाई प्रदेश मातहतमा ल्याएर यसको विकास गर्नुपर्ने कुरामा जोड दिए । उनले यस प्रकारका प्रतियोगिताहरु बाटै भोलीका अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने बाटो समेत भएकोले आफूलाई त्यो बाटोमा खरो रुपमा उभ्याउन खेलाडीहरुले मेहनत गर्नुपर्ने कुरामा जोड दिए । उनले भने–“गण्डकी प्रदेशमा धेरै करण केसी जस्ता खेलाडी हुन आवश्यक छ । यहाँहरुले त्यो लक्ष्य भेट्टाउनेमा विश्वस्त छु ।”

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँ, संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने अध्यक्ष सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close