आठौं राष्ट्रियमा बिजेता गण्डकी प्रदेशका खेलाडीलाई नगद सहित सम्मान गरिने

केशब पाठक,
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशका पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान गरिने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जनाएको छ ।

यहि असार २७ गते आठौं राष्ट्रियमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरिने कार्यक्रम तय भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । २०७६ बैशाख ११ गते सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलमा गण्डकी प्रदेशका तर्फ बाट २ सय ३ जना खेलाडीले पदक प्राप्त गर्दै पाँचौ स्थान प्राप्त गर्न सफल भएको थियो ।

खेलाडीलाई पदक सहित सम्मान गर्न शनिबार गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्रि  नर देबी पुन सहितको बैठकमा भएको निर्णण अनुसार रात्री भोज सहित आयोजना गरिने कार्यक्रममा नगद सहित सम्मानपत्र द्वारा सम्मान गरिने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पदक प्राप्त २ सय ३ जना खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गर्दा कुल ११ लाख ८२ हजार खर्च लाग्ने र उक्त रकम गण्डकी प्रदेश सरकारले उपलव्ध गराउने भएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा टिम तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ७, रजतलाई ५ र काश्यलाई ३ हजार नगद प्रदान गरिने छ । टिम गेम तर्फ क्रमश स्वर्ण, रजत र काश्य जित्ने प्रशिक्षकलाई ५, ३ र २ हजार नगद र सम्मान पत्र प्रदान प्रदान गरिने छ ।

त्यसै गरि इन्डिभिजुअल तर्फ स्वर्ण पदक जित्नेलाई १०, रजतलाई ७ र काश्यलाई ५ हजार तथा स्वर्ण, रजत र काश्य पदक जित्ने प्रशिक्षकलाई क्रमश ७, ५ र ३ नगद प्रदान गरिने छ । आठौं राष्ट्रियमा गण्डकी प्रदेशले १३ वटा स्वर्ण, ५९ रजत र १०९ काश्य पदक जित्न सफल भएको थियो । त्यस मध्ये ह्याण्डबलले टिम गेममा एक मात्र स्वर्ण पदक हात पारेको थियो । उक्त सम्मान कार्यक्रम सम्पन्न गर्न करिब १९ लाख खर्च हुने अनुमान गरिएको छ ।

सोही समारोहमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका तर्फ बाट नवौ राष्ट्रिय खेलकुदको झण्डा समेत गण्डकी प्रदेश मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङलाई हस्तान्तरण समेत गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले यो सम्मान र झण्डा हस्तान्तरण पहिले नै गर्नु पथ्र्यो तर केही प्राविधिक कारणले ढिलाई भएको छ’ अध्यक्ष श्रेष्ठले भने ‘असार २७ गते हुने भब्य कार्यक्रममा सबै खेलाडीको उपस्थितीमा हस्तान्तरण गर्ने तय भएको छ ।’ झण्डा हस्तन्तरण पछि नवौ राष्ट्रिय खेलकुदका लागि दु्रत गतिमा कामहरु अघि बढाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close