दोश्रो राष्ट्रिय ब्याडमिन्टन तथा पोखरा मेयर कपमा क्वाटरफाइनलका समिकरण पुरा

पोखरा स्पोर्टस । पोखरामा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन तथा पोखरा मेयर कपमा विष्णु कटुवाल, प्रिन्स दाहाल, प्रफुल महर्जन र क्षितिज खनालले सेमीफाइनलको यात्रा तय गरेका छन् ।

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा क्वाटरफाइनलका समकिरण पुरा भए संगै मेन्स सिंगल्सतर्फ आ–आफ्नो खेल जित्दै नेपाल र्‍याकिङका सबै खेलाडीहरुले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।

जारी प्रतियोगिताको मेन्स सिंगल्स क्वाटरफाइनलमा नेपाल र्‍याकिङ नं १ विष्णु कटुवालले एपिएफ क्लवका देवराज रानालाई २१–१३ र २१–१६ ले पराजित गरेका छन् भने नेपाल र्‍याकिङ नं २ प्रिन्स दाहालले रोशन साउदलाई २१–९, २१–११ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरे । त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनले पाँचौ र्‍याकिङ नेपाल पुलिस क्लवका सुनिल जोशीलाई २१–१३ र २१–८ ले पाखा लगाउँदा एपिएफका क्षितिज खनालले कास्कीका विधान अधिकारीलाई २१–११, २१–१२ ले पराजित गरी अन्तिम आठमा स्थान पक्का गरे ।

त्यसै गरी उमेन्स सिंगल्स क्वाटरफाइनलमा नेपाल नं १ र्‍याकिङ रशिला महर्जनले झापाकी अन्जना राईलाई २१–१५ र २१–६ को सोझो सेटमा पराजित गर्दा दोश्रो वरियताकी त्रिभुवन आर्मीकी अनुमायाँ राईले सोही क्लवकी सेष्ना श्रीपालीलाई २१–९, २१–१६ ले पराजित गर्दा त्रिभुवन आर्मीकी अमिता गिरीले पियएसविसीकी आयुष्मा नेपाललाई २१–९, २१–८ ले, कस्तुरी कलेजकी सिमा राजवंशीले त्रिभुवन आर्मीकी रिहाना शेरचनलाई २१–९, २१–१० ले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरे ।

प्रतियोगिता अन्तर्गत नै भएको यू–१७ ब्वाइज सिंगल्स राउण्ड अफ सिक्सटिनमा त्रिभुवन आर्मीका अभय महराले एपिएफका प्रदिप सोतीलाई २१–१६, २१–६ ले, बाँकेका राजेश विसीले कास्कीका अभिराज शेरचनलाई २१–८, २१–१६ ले, त्रिभुवन आर्मीका सुविन श्रेष्ठले कास्कीका अमृत थापालाई २१–७, २१–१२ ले, त्रिभुवन आर्मीका सुविन श्रेष्ठले कास्कीका दिप रानालाई २१–१७ र २१–९ ले पराजित गर्दा काठमाण्डौका सक्षम ढकालले त्रिभुवन आर्मीका सुप्रिम पन्तलाई २४–२२, २१–१० ले, एपिएफका अरुण अधिकारीले आर्मीका सुदेश राज कोटीलाई १८–२१, २१–६ र २१–१४ ले, कन्चनपुरका आशिष खत्री म्याग्दीका विवश पुनलाई २१–१६, २१–१४ ले, आर्मीका कविर केसीले नोवल एकेडेमीका लेलिन रानालाई २१–५, २१–६ ले पराजित गरेका छन् ।

त्यसै गरी मेन्स डबल्स ५५ वर्ष माथीको खेलमा कास्कीका विर बहादुर आले र राजेन्द्र गुरुङको जोडीले अन्तिम चारमा स्थान पक्का गर्दा डि. बहादुर कन्दङवा र डि राईको जोडी, सुरेश वम र निर्माण श्रेष्ठको जोडी, फिटनेश पार्कका उमेश केसी गोविन्दन शाहीले अन्तिम चारमा स्थान बनाएका छन् ।

व्याइज सिंगल्स यू–१२तर्फको खेलमा आर्मीका सुदेश राज कोटी, एपिएफका आरुष सिम्खडा, कन्चनपुरका आशिष खत्री, तनहुँका सफल भुजेलले सेमीफाइनलको यात्रा तय गरेका छन् ।

मेन्स डबल्सतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापा मगरको जोडी, एपिएफकै प्रनिश सिंह ठकुरी र सुजन थापा, एपिएफकै क्षितिज खनाल र देवराज राना, तथा नेपाल पुलिस क्लवका जिवन आचार्य र विष्णु कटुवालले आ–आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।

पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका जारी प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रवद्र्धन गरेको छ । प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कास्की ब्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close