
पोखरा स्पोर्टस । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित २३औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता माघ ९ देखि २० सम्म हुने भएको छ ।
सहारा क्लब पोखराले बिहिबार एक प्रेश विज्ञप्तीमार्फत उक्त कुराको जानकारी दिएका हो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ उक्त प्रतियोगिताको तयारी सुरु गरिएको क्लवका महासचिव रामजी अधिकारीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहारा क्लवलाई उक्त मितिमा प्रतियोगिता सञ्चालन गर्न स्विकृती समेत प्रदान गरेको छ । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।
गत २२औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो ।
प्रतियोगितामा विजेतालाई नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख नगद रहेको थियो ्र “आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ ।
प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । त्यसै गरि पोखरा महानगरपालिकाको प्रवर्द्धन, रास्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ समेतको बिशेष सहयोग रहेको छ भने अफिसियल बैंक– लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स –बुद्ध एयर रहेको छ ।
उत्कृस्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के.सीको स्मृतिमा प्रायोजन हुनेछ । रास्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गरेका छन् भने म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु.के.द्वारा सौजन्य पाप्त हुने क्लवले जनाएको छ ।
२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा स्थापित छ। । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।
एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यो प्रतियोगिता रहेको हुँदा सम्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेको क्लवले जनाएको छ ।
यस संगै पर्यटकीय शहर पोखरालाई स्पोर्ट्स हब सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तर्रास्ट्रिय रुपमा परिचित गराउनु प्रतियोगिताको उद्धेश्यका साथै नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नु रहेको क्लवले जनाएको छ ।
