राष्ट्रिय मुवाँथाई प्रतियोगितामा १६ जना च्याम्पियन (नाम सहित)

पोखरा स्पोर्टस ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा सम्पन्न पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगितामा १६ जना च्याम्पियन भएका छन् । पोखरामा सोमबार सम्पन्न  राष्ट्रिय मुवाँथाई ‘कन्टेन्डर सिरिज–१’ प्रतियोगितामा कुल ३२ खेलाडी सहभागि मध्ये विभिन्न वेट क्याटोगरी फाइटमा १६ खेलाडी च्याम्यिन भएका हुन् । मुवाँथाई खेल इतिहासमा पहिलो पटक सर्वाधिक ठूलो एवं चर्चित प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेच्योर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरे ।

प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाका आकेश केसीलाई (५७ केजी फिदरवेट) मा हराए । यस्तै राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङलाई (५५ केजी सुपर वेन्टमवेट), एरावान मुवाँथाईँ फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङलाई (६० केजी लाइट वेट), हिट मुवाँथाईका मिलन तामाङले लेखनाथ डोजो मुवाँथाईका मोस्सेस कुमाललाई (६३ सुपर लाइटवेट), सर्लाही मुवाँथाईका धर्मिन्दर रामले रक स्टार मुवाँथाईका प्रविन राईलाई (५५ केजी सेपर वेन्टमवेट), स्ट्रोङगेस्टकी सुस्मा चौधरीले एरवान मुवाँथाई फाइटकी रजिना विष्टलाई (५० केजी फ्लाइवेट) र जिमखाना मुवाँथाईका करण बर्जाचार्यले स्ट्रोङगेस्टका रोहित मगरलाई (६० केजी लाइटवेट) मा हराउँदै विजेता बने ।

सेमी–प्रो फाइटमा इस्ट्रोङगेस्टका रमित महर्जनले सोही मुवाँथाईका सुरेश नेपाली (किडफाइट), एपिएफका पेम्बा छिरिङले अल फाइट सिस्टम अर्गनाइजेसनका कर्णबहादुर मगराती (६० सुपर फेदरवेट), एपिएफकी रिना माझिले नेपाल मुवाँथाईकी ज्योती मल्ल (४५ केर्जी पिनवेट), स्ट्रोङगेस्टका सागर परियारले सिङ मुवाँथाईका गौतम थिङलाई (६३ सुपर लाइटवेट), पोखरा फाइट क्लबका रोनिस मगरले माउन्टेन मुवाँथाईका हविल तमाङलाई (५७ केजी फेदरवेट), अलफाइट सिस्टम अर्गनाइजेसनका रोशन अछामीले स्ट्रोङगेस्ट अनिस मगरलाई (५० केजी फ्लाइवेट), नेपाल मुवाँथाईका दिपेश गुरुङले टोटल फिजिकल फिट्नेसका सरोज तामाङलाई (५५ केजी सुपर वेन्टमवेट) हराउँदै विजेता बने ।

यस्तै एमेच्योर किड फाइटमा स्ट्रोङगेस्ट मुवाँथाईका रोहम नेपालले सोही क्लबका दृष्टान्त चालिसेलाई, एलाईट मुवाँथाईका विपिनजंग सुनारले व्यामशालाका तेन्जिङ जिन्पालाई (६० केजी सुपर फेदरवेट) हराउँदै विजेता बने । उनीहरु सबैेले नगद सहित मेडल र गिफ्ट प्राप्त गरेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close