पोखरा महानगरस्तरिय राष्ट्रपति तथा मेयरकप कराँतेमा सैनिकलाई उपाधि

‘खेलाडीले ओलम्पिकको सपना बोक्नु पर्छ’–पूर्व राखेप सदस्य श्रेष्ठ

पोखरा स्पोर्टस । पोखरा महानगरस्तरिय राष्ट्रपति कप तथा मेयरकप अन्तर्गत सम्पन्न कराँतेतर्फ सैनिक आवाशिय मावीले उपाधि जितेको छ ।

पोखरामा मंगलबार सम्पन्न उक्त प्रतियोगितमा सैनिकले ३ स्वर्ण, १ रजत र १ कास्य पदकका साथ उपाधि जितेको हो । त्यसै गरि गण्डकी वोर्डिङ स्कुल २ स्वर्ण र १ रजतका साथ दोश्रो हुँदा जनप्रिय मावि १ स्वर्ण र एक रजतका साथ तेश्रो भएको छ ।

विजेता टिम तथा खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य सम्पन्न श्रेष्ठले हरेक खेलाडीले आफ्नो अगाडी ओलम्पिकको सपना बोक्नु पर्ने बताएका छन् । उनले भने–“म खेलाडी हुँदा समेत त्यो सपना बोकेको थिंए । ३० वर्षे खेलकुद जिवनमा मैले त्यो हासिल गरें । यदि म खेलाडी नभएको भए मैले त्यो अवसर पाउने थिइन ।”

आफू विगतमा सितेरियो करातेको खेलाडी रहेको जनाउँदै जिल्ला, प्रदेश, राष्ट्रिय खेलाडी हुँदै जिवनमा एक पटक ओलम्पिक खेल्न र हेर्ने अवसर प्राप्त गरेको बताउँदै श्रेष्ठले अनुशासन र मेहनतले नै एक खेलाडीको गहना रहेको बताउँदै त्यसलाई आत्मसात गर्न उनले खेलाडीहरुलाई आग्रह गरे ।

कास्की जिल्ला कराँते संघका अध्यक्ष धन लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा पोखरा महानगर खेलकुद महाशाखा प्रमुख हेमप्रसाद आचार्य, कराँते गण्डकीका रेफ्रि संयोजक सुरेन्द्र गुरुङलगायतले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद वितरण गरेका थिए । बिजेता हरेक खेलाडी क्रमश जनही नगद रु ३, २ र १ हजार प्राप्त गरेका छन् ।

तिन दिन सम्म चलेको उक्त प्रतियोगिता अन्तर्गत छात्र–छात्रा गरी १६७ खेलाडीले विभिन्न तौल समुहमा ४८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close