तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

पोखरा स्पोर्टस । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् ।

आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्षापछि भएको परीक्षामा नुवाकोटका क्षितिज श्रेष्ठ, अरुण मिश्र र सौजन्य श्रेष्ठले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका हुन् । आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली हुन् । अब उनीहरूले आईईएसएफ रेफ्री टायर २ को हैसियतमा ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।

उनीहरू नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) को सिफारिसमा वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सहभागि भएका थिए । अमेरिकाका जेम्स उड र पिटर स्टेन्सनी, कोरियाका ली सुङ वन तथा अर्जेन्टिनाका निकोलस क्रेस्पोले प्रशिक्षण दिएको वल्र्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा सात देशका २४ जना सहभागि भएका थिए ।

मोटर स्पोर्ट्सका मार्सलसमेत रहेका क्षितिज बुद्धिचाल (चेस) का आर्बिटर (निर्णायक) पनि हुन् । अरुण र सौजन्य १९ औं एसियाली खेलकुद २०२३ मा ई–स्पोर्ट्सअन्तर्गत् ड्रिम थ्री किङडम २ को नेपाली टिमका खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close