
पोखरा स्पोर्टस । फेवातालमा मार्शल आर्ट विद्याको व्यावसायिक खेल मुवाँथाई फाइटको अन्तिम तयारी तिव्र गतिमा अघि बढेको छ ।
प्रदेशमा नै पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगिता पोखरा ६ फेवातालको किनार बाराही घाट खेल मैदानमा यहि पौष ९ र १० गते हुन लागेको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा उच्च प्रविधिको प्रयोग सहित प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा मात्रै नभै नेपालमा नै यति वृहद तयारीका साथ प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।
“अव पर्यटकहरु ताल र हिमाल हेर्न मात्रै पोखरा आउने छैनन” संयोजक क्षेत्रीले भने–“व्यवसायिक खेलकुदमार्फत पर्यटनको प्रवर्द्धन गर्न र सरोकारवाला पक्षहरुलाई त्यसबारे जागरुकता ल्याउन पनि यो प्रतियोगिताको मुख्य ध्येय हो।” अहिले पनि पर्यटन क्षेत्र कर्मकाण्डी प्रचारमा रहेको जनाउँदै खेलकुदलाई नजोडे सम्म पर्यटन क्षेत्रको अवस्था अझै खस्किने तर्क अघि सार्दै क्षेत्रीले विश्वबजारमा खेलकुद क्षेत्रले पारेको प्रभावका विषयमा समेत पर्यटन व्यवसायीहरुमा जागरुकता आउनु पर्ने बताए । “धेरै ठूलो खर्चको विषय पनि होइन । सानो खर्चले पनि गण्डकी प्रदेशलाई खेलकुद मार्फत प्रवर्द्धन गर्न सक्छौं । पर्यटन प्रवर्द्धनको जिम्मा लिएका सरकारी निकायहरु पनि आफूलाई परिवर्तन गर्न आवश्यक छ । जसका कारण नेपाली खेलकुदको भविष्य शुरक्षित हुने छ भने यसले खेलकुद संगै पर्यटनमा नयाँ आयाम थप्ने छ ।”
“यो प्रतियोगिता मात्रै होइन । मुवाँथाइले जसरी विश्वमा पहुँच बनाएको छ । त्यसैलाई आत्मसात गर्न मात्रै खोजेका हौंं”, संयोजक क्षेत्रीले भने–“एक साता लामो तयारीमा अब हामी अन्तिम तयारीमा जुटेका छौं ।” पोखराको मुख्य पर्यटन क्षेत्र लेकसाइडमा गर्नुको मुख्य उद्धेश्य विदेशी पर्यटक र खेलप्रेमीहरुलाई समेत नेपाली खेलाडीहरुको प्रदर्शन लाई विश्व सामु देखाउनु समेत रहेको उनले बताए । विदेशीहरुका सामु हुने खेलकुद गतिविधिले विश्वमा नेपाली खेलाडीहरुको पहुँच पुर्याउन र नेपाली खेलकुदको विकासको गतिलाई प्रवर्द्धन गर्नु उनको भनाई छ ।

सबैका लागि निशुल्क प्रवेश रहेको प्रतियोगितामा कुल १६ फाइट हुनेछन् । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्” क्षेत्रीले भने,– “यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले दर्ता गराएपनि हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार र गण्डकी प्रदेशमा यो खेलको विकास संगै पर्यटन संग जोडिएको लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।”
“अव पर्यटकहरु ताल र हिमाल हेर्न मात्रै पोखरा आउने छैनन” संयोजक क्षेत्रीले भने–“व्यावसायिक खेलकुदमार्फत पर्यटनको प्रवर्द्धन गर्न र सरोकारवाला पक्षहरुलाई त्यसबारे जागरुकता ल्याउन पनि यो प्रतियोगिताको मुख्य ध्येय हो।” अहिले पनि पर्यटन क्षेत्र कर्मकाण्डी प्रचारमा रहेको जनाउँदै खेलकुदलाई नजोडे सम्म पर्यटन क्षेत्रको अवस्था अझै खस्किने तर्क अघि सार्दै क्षेत्रीले विश्वबजारमा खेलकुद क्षेत्रले पारेको प्रभावका विषयमा समेत पर्यटन व्यावसायिहरुमा जागरुकता आउनु पर्ने बताए । “धेरै ठूलो खर्चको विषय पनि होइन । सानो खर्चले पनि गण्डकी प्रदेशलाई खेलकुद मार्फत प्रवर्द्धन गर्न सक्छौं । पर्यटन प्रवर्द्धनको जिम्मा लिएका सरकारी निकायहरु पनि आफूलाई परिवर्तन गर्न आवश्यक छ । जसका कारण नेपाली खेलकुदको भविष्य शुरक्षित हुने छ भने यसले खेलकुद संगै पर्यटनमा नयाँ आयाम थप्ने छ ।”
पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको अवस्थामा नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ । प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ ।
