माछापुच्छ्रे टेनिसमा सहभागिता जनाउन यूकेको टोली पोखरामा

पोखरा स्पोर्टस । “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” मा सहभागिता जनाउन युकेको एक टोली पोखरा आइपुगेको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा यहि पौष १० गतेबाट सुरु हुने उक्त प्रतियोगिताका लागि टोली पोखरा आएको हो । गोरखा नेप्लिज टेनिस क्लब युकेको नेतृत्व गर्दै क्लवका अध्यक्ष हर्क बहादुर गुरुङसहितको टोली पोखरा आइपुगेको कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले जानकारी दिए ।

पोखरा आइपुगेको टोलीलाई संघका अध्यक्ष लोक बहादुर गुरुङसहित कार्यसमितिका उपाध्यक्षद्वय नविन चालिसे र राजु गुरुङ, कोषाध्यक्ष अनुज बास्तोलालगायतले पोखरा रंगशालास्थित टेनिस सेन्टरमा उनीहरुलाई स्वागत गरेका थिए ।

उक्त टोलीमा १२ जना रहेका छन् । उनीहरु काठमाण्डौ, भारतको दार्जिलिङ समेत पुगेर मैत्रीपूर्ण टेनिस खेलीसकेका छन् । पोखरा आइपुगेको टोलीले भोली शनिबार एक मैत्रीपूर्ण खेल समेत खेल्ने छ ।

खेलकुद मार्फत विश्वभरमा रहेका टेनिस खेलाडी र प्रशिक्षकहरु संग अनुभव साटासाट गर्ने संगै टेनिस खेलको विकासका लागि यूवा खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उद्धेश्य रहेको टोलीले जनाएको छ ।

पोखरा आएको टोलीमा क्लवका अध्यक्ष गुरुङ सहित पञ्च पुन, क्याथरिन लामा, निल पुन, केभिन लामा, राजन फुयाल, सुनिता लामा, सरोज राई मोहन गुरुङ र छान ता फु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close